काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध
सारांश
- काठमाडाैं।
- काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडातर्फ गएका गाडी आज पनि स्थानीय बासिन्दाले रोकेका छन्।
- स्थानीय बासिन्दासँग समन्वय नगरी फोहोर विसर्जन गर्न खोजिएको भन्दै उनीहरूले विरोध गरिरहेका छन्।
काठमाडाैं। काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडातर्फ गएका गाडी आज पनि स्थानीय बासिन्दाले रोकेका छन्।
स्थानीय बासिन्दासँग समन्वय नगरी फोहोर विसर्जन गर्न खोजिएको भन्दै उनीहरूले विरोध गरिरहेका छन्।
मंगलबार प्रहरीले बल प्रयोग गरेर फोहोर विसर्जन गरेको थियो। फोहोर बोकेर आएका गाडी रोकिएको र फोहोर विसर्जन गर्न नदिइएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले बताए।
‘गाडी रोकिएका छन्। मंगलबारजस्तै प्रहरीहरू पनि आएका छन्। अब काठमाडौं महानगर कसरी अगाडि बढ्छ त्यसैमा परिस्थिति निर्भर रहन्छ,’ उनले भने।
गत १४ जेठदेखि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासहित उपत्यकाका शहरबाट फोहोर उठाइएको छैन ।
सर्वसाधारणको घरसँगै सार्वजनिक स्थलमा पनि फोहोर थुप्रिएकाले दुर्गन्ध बढ्नुका साथै महामारीको जोखिम पनि बढेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया