यस्तो देखे मोहनविक्रमले सुषमा नेपाल आउनुको कारण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
४० पटक हेरिएको
Shares
यस्तो देखे मोहनविक्रमले सुषमा नेपाल आउनुको कारण

सारांश

  • काठमाडौं, १९ माघ ।
  • नेपालका पुराना कम्युनिष्ट नेता मोहनविक्रम सिंहले भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल आउनुको कारण बताएका छन् ।
  • नेता सिंहले नेपालप्रतिको भारतीय विस्तारवादी नीतिहरुलाई नयाँ प्रकारले लागू गर्ने वातावरण बनाउनका लागि उनी नेपाल आएको तर्क दिएका छन् ।

काठमाडौं, १९ माघ । नेपालका पुराना कम्युनिष्ट नेता मोहनविक्रम सिंहले भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल आउनुको कारण बताएका छन् । नेता सिंहले नेपालप्रतिको भारतीय विस्तारवादी नीतिहरुलाई नयाँ प्रकारले लागू गर्ने वातावरण बनाउनका लागि उनी नेपाल आएको तर्क दिएका छन् ।

“भारतीय परराष्ट्रमन्त्री सुषमा स्वराजको नेपाल भ्रमणलाई हाम्रो पार्टीले गम्भीर राजनीतिक अर्थमा लिएको छ”, नेता सिंहले विज्ञप्तिमार्फत भनेका छन्, “नेपालमा वामपक्षधर शक्तिहरुको विजय र नेपाली कांग्रेस पक्षको पराजयका सन्दर्भमा नयाँ सरकारद्वारा नेपालप्रतिका आफ्ना विस्तारवादी नीतिहरुलाई नयाँ प्रकारले लागू गर्न वातावरण तयार पार्न नै भारतीय विदेशमन्त्रीको नेपाल यात्रा भएको हो भन्ने कुरा प्रष्ट छ ।”

भारतीय विदेशमन्त्री सुषमाको नेपाल भ्रमणबाट उसको मुख्य उद्देश्य नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका विरुद्ध नै दक्षिण छ भन्ने कुरा बुझ्न गाह्रो नपर्ने नेता सिंहको दावी छ । नेपालको कुनै पनि सरकार वा कुनै पनि राजनीतिक पक्षले भारतीय विस्तारवाद वा त्यसले संविधानमा संशोधनका लागि दिंदै आएको दवावप्रति कुनै पनि प्रकारको सम्झौतापरस्त नीति अपनाएमा पार्टीले सधैं सम्झौताहीन संघर्ष गर्ने चेतावनी पनि दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?