दशैको पहिलो दिन कुन देवीको पूजा गरिन्छ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १२, २०७६
|
|
३१ पटक हेरिएको
Shares
दशैको पहिलो दिन कुन देवीको पूजा गरिन्छ ?

सारांश

  • आजदेखि बडा दशै सुरु भइसकेको छ ।
  • आज दशैको पहिलो दिन घरघरमा घटस्थापना गरी जमरा राखिएको छ ।
  • दशैभर विभिन्न नवदुर्गा तथा भगवतीहरुको विशेष पूजा आराधना समेत गर्ने गरिन्छ ।

आजदेखि बडा दशै सुरु भइसकेको छ । आज दशैको पहिलो दिन घरघरमा घटस्थापना गरी जमरा राखिएको छ । दशैभर विभिन्न नवदुर्गा तथा भगवतीहरुको विशेष पूजा आराधना समेत गर्ने गरिन्छ । घटस्थापनाको दिनदेखि हरेक दिन पूजा गरिने फरक फरक नवदुर्गा रहेका छन् ।

बडा दशैको पहिलो दिन शैलपुत्री नामक दुर्गाको पूजा गर्ने परम्परा छ । शैलपुत्री भनेको पहाडकी छोरी हुन् । हिमालय पर्वतराजको घरमा जन्म भएका कारण यी देवीको नाम शैलपुत्री रहन गएको हो । पहाडकी छोरी भन्नाले यस शक्तिलाई पृथ्वी तत्वको प्रतीकको रूपमा लिइन्छ । हाम्रो स्थूल शरीरको निर्माणमा पृथ्वी तत्वको विशेष स्थान रहेको छ । शैलपुत्रीको उपासना गर्नु भनेको प्रतीकात्मक रूपले सोही स्थूल शरीरको संरक्षणको प्रयास हो भनेर बुझ्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?