फागुनमा क्याम्पसहरुमा स्ववियु निर्वाचन

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
फागुनमा क्याम्पसहरुमा स्ववियु निर्वाचन

सारांश

  • काठमाडौ २३,पुष।
  • त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागी तयारी थालेको छ ।
  • त्रिभुवन विश्वविद्यालयलेआउँदो फागुन महिनामा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भएको छ ।

काठमाडौ २३,पुष। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागी तयारी थालेको छ ।त्रिभुवन विश्वविद्यालयलेआउँदो फागुन महिनामा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भएको छ ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतबार क्याम्पसहरुमा परिपत्र गरी स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको हो ।त्रिविका आङ्गिक क्याम्पसहरुमा स्ववियु निर्वाचन दुई–दुई वर्षमा गर्ने व्यवस्था रहेको छ ।

त्रिविका क्याम्पसहरुमा ०७३ मा भएको स्ववियु निर्वाचनबाट निर्वाचित र सदस्यहरुको २ वर्षे कार्यकाल समाप्त हुने भएकोले ०७५ फागुन महिनामा हुने स्ववियु निर्वाचनको पूर्वतयारी गर्न गराउनु  भनी त्रिविले सबै क्याम्पसहरुलाई निर्देशन दिएको छ ।

 

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?