निर्वाचन अरुले जिते,हामीले विचार र एजेण्डा जित्यौँः प्रचण्ड
सारांश
- काठमाडौं,असार २६ – पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले लगायतका जुनसुकै दल र उम्मेदवारले जिते पनि काम माओवादीकै गर्न बाध्य हुने बताएका छन्।
- माओवादी केन्द्रमा प्रवेश गर्ने नेता–कार्यकर्तालाई सोमबार दिउँसो सम्बोधन गर्दै प्रचण्डले भने, ‘भर्खरै छवटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ।
- हामीले निर्वाचनमा अपेक्षाअनुसार जित्न सकेनौं।
काठमाडौं,असार २६ – पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले लगायतका जुनसुकै दल र उम्मेदवारले जिते पनि काम माओवादीकै गर्न बाध्य हुने बताएका छन्। माओवादी केन्द्रमा प्रवेश गर्ने नेता–कार्यकर्तालाई सोमबार दिउँसो सम्बोधन गर्दै प्रचण्डले भने, ‘भर्खरै छवटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ।
हामीले निर्वाचनमा अपेक्षाअनुसार जित्न सकेनौं। तर, माओवादी विचार, राजनीति र एजेण्डाले जितेको छ। निर्वाचनमा कांग्रेस, एमाले लगायतका दल र उम्मेदवारले जिते पनि उनीहरुले काम माओवादीकै गर्नुपर्नेछ। संघीयता, गणतन्त्र र स्थानीय सरकारको माओवादी एजेण्डाभन्दा बाहिर गएर उनीहरुले काम गर्न मिल्दैन। जित्न त उनीहरुले जिते। तर, काम हाम्रो गर्छन्, गर्न बाध्य छन्।’
प्रचण्डले स्थानीय तहमा माओवादीले जित्दा सुनमा सुगन्ध हुने बताउँदै ढिलो वा चाँडो सबै माओवादीहरु एक ठाउँ आएर देशको नेतृत्व लिनुपर्ने बताए। भने, ‘सबै माओवादी घर फर्किनुको बिकल्प छैन। बाबुरामजी पनि छिट्टै फर्कनुपर्छ, सबै नेता फर्केपछि एक्लै फर्कनुको अर्थ पनि रहँदैन। वैद्यजी, विप्लवजी पनि फर्कनैपर्छ, अन्त जाने कुनै ठाउँ छैन। सबै माओवादी मिलेर मात्रै परिवर्तनलाई संस्थागत गर्न सकिन्छ।’
प्रतिक्रिया