राजपा अध्यक्षमण्डलमा यादव

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
राजपा अध्यक्षमण्डलमा यादव

सारांश

  • काठमाडाैं।
  • राजपा नेपालका संयोजक राजेन्द्र महतोले सरकारले संविंधान संशोधन नगरे सरकारविरुद्व पार्टी आन्दोलन गर्न बाध्य हुने बताएका छन्।
  • शनिबार पार्टीको केन्द्रीय कार्यालयमा ‘बलिदानी दिवस’ मनाउने क्रममा संयोजक महतोले सो कुरा बताएका हुन्।
काठमाडाैं। राजपा नेपालका संयोजक राजेन्द्र महतोले सरकारले संविंधान संशोधन नगरे सरकारविरुद्व पार्टी आन्दोलन गर्न बाध्य हुने बताएका छन्। शनिबार पार्टीको केन्द्रीय कार्यालयमा ‘बलिदानी दिवस’ मनाउने क्रममा संयोजक महतोले सो कुरा बताएका हुन्।
उनले मधेश आन्दोलनकै कारण संघीयता आफ्नै घर आँगनमा देख्न पाएकोमा खुसी व्यक्त गदै संघीयतालाई कमजोर पार्न अहिले पनि सरकार लागिपरेको आरोप लगाए।
मधेशवादी दलहरुले प्रत्येक वर्ष माघ ५ गतेका दिनलाई वलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् । २०६३ सालमा भएको पहिलो मधेश आन्दोलनको क्रममा माघ ५ गतेका दिन सिराहका रमेश महतोको गोली लागेर मृत्यु भएको दिनलाई सम्झना गर्दै वलिदान दिबस मनाउने गरेका छन्।
यसैबीच चक्रीय प्रणलीअनुसार राजपा नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी आज ६ गतेदेखि महेन्द्र राय यादवलाई दिने निर्णय गरेको छ।

(chiringa.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?