नेकपा बैठक लगत्तै बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीचको भेट किन

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १, २०७७
|
|
३३ पटक हेरिएको
Shares
नेकपा बैठक लगत्तै बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीचको भेट किन

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सकिएलगत्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन् ।
  • देउवा बालुवाटार छिर्नुलाई अर्थपूर्ण मानिएको छ ।
  • नेकपा विवाद समाधान उन्मुख भएपछि देउवा आज बालुवाटार छिरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सकिएलगत्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन् । देउवा बालुवाटार छिर्नुलाई अर्थपूर्ण मानिएको छ ।

नेकपा विवाद समाधान उन्मुख भएपछि देउवा आज बालुवाटार छिरेका हुन् । आजको प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति देउवाको त्रिपक्षीय बैठकमा संवैधानिक आयोगको नियुक्तिलगायत समसामयिक विषयमा छलफल केन्द्रित भएको बुझिएको छ ।

लामो समय देखि संवैधानिक आयोगहरुमा नियुक्ति हुन सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न आयोगहरुमा पदहरु खाली छन् । त्यसबारे कुरा मिल्न सकेको छैन । नियुक्तिका लागि ओली, प्रचण्ड र देउवाबीच सहमति बन्नुपर्ने आवश्यकता छ ।

आयोगको नियुक्तिका लागि प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता, उपसभामुखसहितको संवैधानिक परिषदको बैठक बसी अनुमोदन गर्नुपर्ने हुन्छ । कुरा नमिल्दा आयोगमा पदहरु रिक्त छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको शुभारम्भ
अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको शुभारम्भ
व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन : प्रधानमन्त्री
व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन : प्रधानमन्त्री
साढे नौ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
साढे नौ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
आइसक्रिम चाटेर स्टोरमा राख्ने महिलालाई २० बर्षको जेल सजाए
आइसक्रिम चाटेर स्टोरमा राख्ने महिलालाई २० बर्षको जेल सजाए
नारायमान विजुक्छे माथि गम्भिर आरोप लगाउँदै किन खनिए माधव नेपाल ?
नारायमान विजुक्छे माथि गम्भिर आरोप लगाउँदै किन खनिए माधव नेपाल ?
केपी ओलीको गृहजिल्ला झापामा राप्रपाको ह्याट्रिक
केपी ओलीको गृहजिल्ला झापामा राप्रपाको ह्याट्रिक
पानीजहाजदेखि चर्चामा आएकी शितल शर्माको आयो ‘नमुना जोडी’  (भिडियोसहित)
पानीजहाजदेखि चर्चामा आएकी शितल शर्माको आयो ‘नमुना जोडी’ (भिडियोसहित)
धनुषामा शान्तिपूर्णरुपमा मनोनयन दर्ता
धनुषामा शान्तिपूर्णरुपमा मनोनयन दर्ता
‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल…’ आज ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै
‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल…’ आज ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै
कांग्रेसको महासमिति तयारी
कांग्रेसको महासमिति तयारी

तपाईंले छुटाउनुभयो कि?