किसान बंगुरपालनतर्फ आकर्षित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २७, २०७४
|
|
५० पटक हेरिएको
Shares
किसान बंगुरपालनतर्फ आकर्षित

सारांश

  • बंगुरपालनबाट मनग्य आम्दानी भएपछि किसान बंगुरपालनतर्फ आकर्षित भएका हुन् ।
  • जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा अहिले किसानले व्यावसायिक रुपमा पालेको बंगुरको संख्या १४ हजार रहेको छ ।
  • उक्त संख्या बर्सेनि बढ्दै गएको छ ।

बंगुरपालनबाट मनग्य आम्दानी भएपछि किसान बंगुरपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा अहिले किसानले व्यावसायिक रुपमा पालेको बंगुरको संख्या १४ हजार रहेको छ । उक्त संख्या बर्सेनि बढ्दै गएको छ ।

जिल्ला पशुसेवा कार्यालयमा बंगुरपालनको लागि ६२ वटा फार्म दर्ता भएको कार्यालयका पशु विकास अधिकृत डा चन्द्रविक्रम कुँवरले जानकारी दिनुभयो । “बंगुरपालन फस्टाउँदै गएको छ । दर्ता नगरी धेरै किसानले बंगुरपालन गर्दै आएका छन्,” उहाँले भन्नुभयो ।

निम्न आयस्तर भएका नागरिकको उत्थानका लागि सरकारले सहकारीमार्फत बंगुरपालनमा अनुदान दिँदै आएको छ । खाद्य सुरक्षा र आयआर्जनका लागि बंगुरपालन कार्यक्रमअन्तर्गत सूर्यगढी गाउँपालिका–३ फँलाटेको अग्रसर कृषि सहकारी संस्थाले बंगुरपालनका लागि सरकारले दिएको अनुदान किसानलाई वितरण गर्दै आएको अध्यक्ष निशा अधिकारीले बताउनुभयो ।

उक्त सहकारीले दुई वर्षदेखि बंगुरपालनका लागि कृषकलाई अनुदान दिँदै आएको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरबारद्वारा प्राप्त रकम सहकारीले जिल्लाका विभिन्न ठाउँमा परिचालन गरिरहेको छ । हालसम्ममा १२० जनालाई दुई÷दुई वटा बंगुर र खोरका लागि सहकारीले रु ३० लाख अनुदान प्रदान गरेको अधिकारीले बताउनुभयो ।

बागेश्वरी, खानीगाउँ र गेर्खुका ४०÷४० कृषकलाई अनुदान रकम प्रदान गरेको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरबारले उपलब्ध गराउने अनुदान रकम वितरण गर्ने सो संस्थाले जनाएको छ । बंगुरपालनबाट मनग्य आम्दानी भएपछि किसान बंगुरपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा अहिले किसानले व्यावसायिक रुपमा पालेको बंगुरको संख्या १४ हजार रहेको छ । उक्त संख्या बर्सेनि बढ्दै गएको छ ।

जिल्ला पशुसेवा कार्यालयमा बंगुरपालनको लागि ६२ वटा फार्म दर्ता भएको कार्यालयका पशु विकास अधिकृत डा चन्द्रविक्रम कुँवरले जानकारी दिनुभयो । “बंगुरपालन फस्टाउँदै गएको छ । दर्ता नगरी धेरै किसानले बंगुरपालन गर्दै आएका छन्,” उहाँले भन्नुभयो ।

निम्न आयस्तर भएका नागरिकको उत्थानका लागि सरकारले सहकारीमार्फत बंगुरपालनमा अनुदान दिँदै आएको छ । खाद्य सुरक्षा र आयआर्जनका लागि बंगुरपालन कार्यक्रमअन्तर्गत सूर्यगढी गाउँपालिका–३ फँलाटेको अग्रसर कृषि सहकारी संस्थाले बंगुरपालनका लागि सरकारले दिएको अनुदान किसानलाई वितरण गर्दै आएको अध्यक्ष निशा अधिकारीले बताउनुभयो ।

उक्त सहकारीले दुई वर्षदेखि बंगुरपालनका लागि कृषकलाई अनुदान दिँदै आएको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरबारद्वारा प्राप्त रकम सहकारीले जिल्लाका विभिन्न ठाउँमा परिचालन गरिरहेको छ । हालसम्ममा १२० जनालाई दुई÷दुई वटा बंगुर र खोरका लागि सहकारीले रु ३० लाख अनुदान प्रदान गरेको अधिकारीले बताउनुभयो ।

बागेश्वरी, खानीगाउँ र गेर्खुका ४०÷४० कृषकलाई अनुदान रकम प्रदान गरेको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरबारले उपलब्ध गराउने अनुदान रकम वितरण गर्ने सो संस्थाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचथरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु

नख्खु जेलभित्र कैदी मृत्यु प्रकरण :  दुई लिटर पानी एक लाख ६० हजारमा बिक्री गर्ने  सिरियल किलर छानबीनमा !

राष्ट्रपति भण्डारीले शीर्ष नेताहरुसँग आज सामूहिक छलफल गर्ने
Best Ways to Meet Women
कोरोना भाइरसविरुद्धको भ्याक्सिन भारतमा बन्यो

कात्तिक २३ गते आइतवारको राशिफल यस्तो छ
कात्तिक २३ गते आइतवारको राशिफल यस्तो छ
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

दार्जिलिङ आन्दोलन भड्कियो सेनाले दमन गरि गोलि चलायो, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)

१०५ वर्षीया भारतीय बजैले राखिन् दौडमा नयाँ कीर्तिमान

एक सफल कलाकार बन्न चाहन्छु : आश्विनी कोइराला