रणबिर कपूरले स्टेजमा बोल्दै गर्दा आलियाको आँखाबाट झर्‍यो आँसु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १९, २०७५
|
|
४० पटक हेरिएको
Shares
रणबिर कपूरले स्टेजमा बोल्दै गर्दा आलियाको आँखाबाट झर्‍यो आँसु

सारांश

  • बलिउडमा यतिबेलाका चर्चित जोडी हो आलिया भट्ट र रणबिर कपूरको जोडी ।
  • पछिल्लो समयमा बलिउडमा सम्पन्न अवार्ड शोहरुमा आलिया र रणबिर एकअर्काको हात थाम्दै सहभागी भएर सबैको ध्यान आफूतर्फ आकर्षित गर्न सफल भएका थिए ।
  • केही दिनअघि आलिया र रणबिरले फिल्मफेयर अवार्ड शोमा उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जितेका थिए भने ।

बलिउडमा यतिबेलाका चर्चित जोडी हो आलिया भट्ट र रणबिर कपूरको जोडी । पछिल्लो समयमा बलिउडमा सम्पन्न अवार्ड शोहरुमा आलिया र रणबिर एकअर्काको हात थाम्दै सहभागी भएर सबैको ध्यान आफूतर्फ आकर्षित गर्न सफल भएका थिए ।

केही दिनअघि आलिया र रणबिरले फिल्मफेयर अवार्ड शोमा उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जितेका थिए भने । त्यसअघि आयोजित जी सिनेमा अवार्डमा पनि आलिया रणबिर पुरस्कृत भइसकेका छन् ।

केही दिनअघि सम्पन्न जी सिने अवार्ड २०१९ कार्यक्रम टेलिभिजनमार्फत हालै प्रसारण भएको थियो । त्यस कार्यक्रममा अभिनेता रणबिर कपूरले फिल्म ‘सञ्जु’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए भने अभिनेत्री आलिया भट्टले फिल्म ‘राजी’ बाट उत्कृष्ट अभिनेत्री (भ्यूअर्स च्वाइस) अवार्ड जितेकी थिइन् ।

रणबिर कपूरले उत्कृष्ट अभिनेताको अवार्ड जितेको घोषणा उनकी प्रेमिका आलिया भट्टले गरेकी थिइन् भने अवार्ड पनि आलिया स्वयमले रणबिरलाई दिएकी थिइन् । तसर्थ त्यो समय रणबिरका लागि विशेष बनेको थियो । अवार्ड जितेसँगै रणबिर स्टेजमा मन्तव्य दिन थाल्छन । त्यसै क्रममा रणबिर कपूरले बोल्दै गर्दा आलिया भट्टको आँखाबाट आँसु झरेको भिडियो सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।

यस भिडियोमा रणबिर कपूर फिल्म ‘सञ्जु’ का सम्पूर्ण कलाकार र फिल्मको टिमलगायत सम्पूर्णलाई धन्यवाद दिन्छन् । त्यसपछि उनले त्यस अवार्ड बुवा ऋषि कपूरलाई समर्पित गरेको बताएका छन् ।

साथै यतिबेला बुवा ऋषि कपूरको स्वास्थ्य स्थिति खराब रहेको कुरा बताउँछन् । यसै क्रममा रणबिर नजिकै रहेकी आलिया भट्ट आँखाबाट आँसु पुछ्न थाल्छिन् । यही भिडियो अहिले सामाजिक सञ्जालमा छाइरहेको छ ।

https://twitter.com/i/status/1112298322952404992

आलिया भट्ट र रणबिर कपूर छिट्टै नै निर्देशक अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ मार्फत दर्शकमाझ आउँदैछन् । यस फिल्ममार्फत पहिलो पल्ट स्क्रिन सेयर गरिरहेका आलिया र रणबिर यही फिल्मको छायाँकंनको क्रममा एकअर्का सँग नजिकिएका थिए । फिल्म‘ब्रम्हास्त्र’ मा आलिया  र रणबिर बाहेक अभिनेता अमिताभ बच्चनको पनि महत्वपूर्ण भूमिका रहनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असिना पानीका कारण भएको क्षति बारे स्थलगत अवलोकन
असिना पानीका कारण भएको क्षति बारे स्थलगत अवलोकन
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
रोगले कुखुरा मर्दा रु ६० लाखको क्षति
रोगले कुखुरा मर्दा रु ६० लाखको क्षति
सुरक्षा गार्ड गुरुङलाई रिहाइ गर्न गृहमन्त्रीको निर्देशन
सुरक्षा गार्ड गुरुङलाई रिहाइ गर्न गृहमन्त्रीको निर्देशन
हाजिर नपुगेका चौध विद्यार्थी एसइईबाट वञ्चित
हाजिर नपुगेका चौध विद्यार्थी एसइईबाट वञ्चित
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गरिने
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गरिने
नेपाल र भारतका प्रधानमन्त्रीले आ-आफ्नै देशबाट पाइपलाइनको उद्घाटन गर्ने
नेपाल र भारतका प्रधानमन्त्रीले आ-आफ्नै देशबाट पाइपलाइनको उद्घाटन गर्ने
केसीले अस्वीकार गरे  सैनिक अस्पताल जान
केसीले अस्वीकार गरे सैनिक अस्पताल जान
कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन
कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन
सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप
सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप