पूर्वराजा भन्छन्-विद्रोहको भुसको आगो भित्रभित्रै सल्कदैछ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १८, २०७६
|
|
४३ पटक हेरिएको
Shares
पूर्वराजा भन्छन्-विद्रोहको भुसको आगो भित्रभित्रै सल्कदैछ

सारांश

  • पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा विद्रोहको भुसको आगो भित्र भित्रै सल्कँदै गएको अवस्था बनेको बताएका छन् ।
  • बडादशैंका अवसरमा सन्देश दिदै उनले राष्ट्रियता धर्मराएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।
  • नवदुर्गा भवानीलाई सम्झदै देशमा सबै आसुरी र स्वार्थी व्यवहारको विनाश गरी सनातनिक सत्य पथतर्फ अभिप्रेरित गरुन् भनी कामना समेत गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा विद्रोहको भुसको आगो भित्र भित्रै सल्कँदै गएको अवस्था बनेको बताएका छन् । बडादशैंका अवसरमा सन्देश दिदै उनले राष्ट्रियता धर्मराएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । नवदुर्गा भवानीलाई सम्झदै देशमा सबै आसुरी र स्वार्थी व्यवहारको विनाश गरी सनातनिक सत्य पथतर्फ अभिप्रेरित गरुन् भनी कामना समेत गरेका छन् ।

‘राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित हुँदैन,’ पूर्व राजाले सन्देशमा भनेका छन् । उनले प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्य्विधि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
देशमा निषेध र विभेदको प्रकृयाप्रति पूर्व राजाले चासो देखाएका छन् । सन्देशमा भनेका छन्, ‘एकले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्यौने र आ आफ्नो कमि कमजोरीलाई ढाकछोप गरी, निषेध र विभेदको प्रकृया अपनाउने प्रवृत्ति कुनै पनि अर्थमा राम्रो होइन ।’

राजनीतिक दलहरुतर्फ संकेत गर्दै पूर्व राजाले पूर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापि भलो नहुने उल्लेख गरेका छन् । उनले सन्देशमा लेखेका छन्, ‘नेपाल हाम्रो हो, हामी नेपाली हौं र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नै पर्ने हुन्छ ।’

पूर्व राजाले नवदुर्गा भवानीलाई सम्झँदै कडा शब्दमा लेखेका छन्, ‘श्री नवदुर्गा भवानीले हाम्रा सबै आसुरी र स्वार्थी व्यवहारको विनाश गरी हामीलाई हाम्रो सनातनिक सत्य पथतर्फ अभिप्रेरित गरुन् ।’

देशको वर्तमान राजनीतिक घटनाक्रमलाई घुमाउरो तरिकाले विश्लेषण गर्दै पूर्व राजाको सन्देश आउनुलाई अर्थपूर्ण मानिएको छ । सत्तारुढ दलका नेताहरुबाट पूर्व राजालाई नागार्जुनबाट हटाउने सम्मको चेतावनी आइरहँदा प्रमुख दल र तिनका नेतातर्फ संकेत गर्दै उनको कडा सन्देश आएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावी सुरक्षाबारे छलफल गर्न निर्वाचन आयोगले सुरक्षा प्रमुखलाई बोलायो
चुनावी सुरक्षाबारे छलफल गर्न निर्वाचन आयोगले सुरक्षा प्रमुखलाई बोलायो
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारेमा त्रिवि शिक्षण अस्पतालले जारी गर्‍यो विज्ञप्ति !
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारेमा त्रिवि शिक्षण अस्पतालले जारी गर्‍यो विज्ञप्ति !
सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा म्याराथुन हुँदै
सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा म्याराथुन हुँदै
हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा
हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा
मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे
मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे
चाँगुनारायण नगर प्रमुख, उपप्रमुखमा एमाले विजयी
चाँगुनारायण नगर प्रमुख, उपप्रमुखमा एमाले विजयी
प्रचण्डप्रति सत्ता गठबन्धन किन नरम?
प्रचण्डप्रति सत्ता गठबन्धन किन नरम?
बिजुलीको पोलमा माेटरसाइकल ठोक्किदा एकको ज्यान गयाे
बिजुलीको पोलमा माेटरसाइकल ठोक्किदा एकको ज्यान गयाे
विनोद चौधरीको हत्या आरोप प्रवक्ता खड्गबहादुर विश्वकर्मा लाइ
विनोद चौधरीको हत्या आरोप प्रवक्ता खड्गबहादुर विश्वकर्मा लाइ
रितको शतकमा नेपालले सिंगापुरलाई विशाल रन अन्तरले हरायो
रितको शतकमा नेपालले सिंगापुरलाई विशाल रन अन्तरले हरायो

तपाईंले छुटाउनुभयो कि?