प्रधानमन्त्री ओलीको स्वास्थ्यबारेमा त्रिवि शिक्षण अस्पतालले जारी गर्‍यो विज्ञप्ति !

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०७५
|
|
३० पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारेमा त्रिवि शिक्षण अस्पतालले जारी गर्‍यो विज्ञप्ति !

सारांश

  • काठमाडौं, १२ कात्तिक ।
  • कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको छातीमा संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
  • ओलीको शरीरमा चिनीको असन्तुलन देखिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.

काठमाडौं, १२ कात्तिक । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको छातीमा संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ । ओलीको शरीरमा चिनीको असन्तुलन देखिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि ओलीलाई सोमबार बिहानै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको प्रा.डा.श्रेष्ठद्वारा सोमबार बिहान दश बजे जारी प्रेस नोटमा उल्लेख छ । ओलीको छातीमा संक्रमण देखिएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. अरुण सायमीले ओलीको छातीमा समस्या भएका कारण स्वासप्रश्वासमा समस्या भएको जानकारी दिएका छन् ।

अस्वस्थ भएका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागी भएनन् । फोक्सो वा श्वास प्रश्वास नलीमा हुने संक्रमण छातीको संक्रमण मानिन्छ । यसका कारण निमोनिया, ब्रोङ्काइटिससहितका समस्याहरू देखिन सक्छ ।

सबैमा छातीको संक्रमणको जोखिम रहे पनि दम तथा मुटु रोगी, मृगौलामा समस्या भएका, मधुमेह रोगीहरूमा यसको जोखिम बढी हुन्छ । प्रधानमन्त्री ओलीमा पनि मृगौलाको समस्या छ । यस्तो अवस्थामा छातीको संक्रमण हुँदा रगत मिसिएको खकार आउनु वा खकार असामान्य रुपमा पहेँलो देखिनु, श्वास प्रश्वास तीव्र हुनु वा स्वाँ स्वाँ हुनु, मुटुको चाल बढी हुनु, छाती दुख्नु, ज्वरो आउनु, खानामा रुचि नहुनु, टाउको दुख्नु, आलस्य हुनु आदि लक्षण देखिने चिकित्सकहरूको भनाइ छ ।

संक्रमण भयो भने खोक्दा बल गर्नु हुँदैन, डब्लुएचओले गरेको खोप लगाउने, छाती घ्यारघ्यार गर्न थाल्यो भने अस्पताल जाने, घरेलु उपचारको भर गरेर नबस्ने, अंग प्रत्यारोपण गरेकाहरू र रोगसँग लड्ने क्षमता कम भएकाहरूले अली बढी ख्याल गर्नुपर्छ, चिकित्सकको निगरानीमा उपचार वा परमर्श लिने, झोलिलो पदार्थ पर्याप्त मात्रामा खाने, आराम गर्ने जस्ता कार्य गर्नुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले गरे अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान
प्रचण्डले गरे अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान
हुम्लामा बिमान दुर्घटना, पाइटलसहित सातको अवस्था गम्भीर
हुम्लामा बिमान दुर्घटना, पाइटलसहित सातको अवस्था गम्भीर
सोमबारदेखि मौसम सफा हुने
सोमबारदेखि मौसम सफा हुने
कार दुर्घटना हुँदा भट्टराईको मृत्यु
कार दुर्घटना हुँदा भट्टराईको मृत्यु
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता, दुई जना पक्राउ
पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता, दुई जना पक्राउ
बिनास्वीकृति सामाजिक सञ्जालमा विज्ञानपन गर्ने दुई मेनपावर कारबाहीमा
बिनास्वीकृति सामाजिक सञ्जालमा विज्ञानपन गर्ने दुई मेनपावर कारबाहीमा
एसिड प्रहारबाट एक वृद्धाको मृत्यु
एसिड प्रहारबाट एक वृद्धाको मृत्यु
राेचक : ८२ वर्षीया दाजुले ७० वर्षीया बहिनीको गरे हत्या
राेचक : ८२ वर्षीया दाजुले ७० वर्षीया बहिनीको गरे हत्या

तपाईंले छुटाउनुभयो कि?