मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे

सारांश

  • उर्लाबारी (मोरङ), १९ साउन ।
  • मोरङ जिल्लामा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको छ ।
  • नयाँ संविधान जारी भएयता अघिल्लो आवभन्दा गत आव २०७३÷०७४ मा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको हो ।

उर्लाबारी (मोरङ), १९ साउन । मोरङ जिल्लामा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको छ ।

नयाँ संविधान जारी भएयता अघिल्लो आवभन्दा गत आव २०७३÷०७४ मा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको हो ।

मोरङमा गत आवमा ४८६ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय, मोरङको तथ्यांकमा उल्लेख छ, जसअनुसार अघिल्लो आव भन्दा गत आवमा ११५ जना वैवाहिक अंगीकृत नागरिकता लिने बढेको देखिन्छ । आव २०७२÷०७३ मा मोरङबाट ३७१ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिनुभयो ।

गत आवमा जिल्ला प्रशासन कार्यालय, विराटनगरबाट ३१०, इलाका प्रशासन कार्यालय रङ्गेलीबाट १६८ र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट आठ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । गत आवमा मोरङबाट ३३ हजार ४१२ जनाले नागरिकता लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?