रितको शतकमा नेपालले सिंगापुरलाई विशाल रन अन्तरले हरायो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
रितको शतकमा नेपालले सिंगापुरलाई विशाल रन अन्तरले हरायो

सारांश

  • १९ वर्षमुनिको एसियाली पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा शानदार ब्याटिङ क्षमता प्रस्तुत गर्दै नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ।
  •  मलेशियामा भर्खरै सम्पन्न खेलमा सिङ्गापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित र्गयो।
  • नेपाललाई जित दिलाउन प्रारम्भिक ब्याट्सम्यान रित गौतमको अविजित शतक र खड्ग बोहरा एवम् कुशल मल्लको ब्याटिङ महत्त्वपूर्ण रह्यो।

१९ वर्षमुनिको एसियाली पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा शानदार ब्याटिङ क्षमता प्रस्तुत गर्दै नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ। मलेशियामा भर्खरै सम्पन्न खेलमा सिङ्गापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित र्गयो। नेपाललाई जित दिलाउन प्रारम्भिक ब्याट्सम्यान रित गौतमको अविजित शतक

र खड्ग बोहरा एवम् कुशल मल्लको ब्याटिङ महत्त्वपूर्ण रह्यो। कुशल मल्लले अल राउन्ड प्रदर्शन गर्दै चार विकेट लिए। विपक्षी टोलीका कुनै पनि खेलाडीहरूले भरपर्दो ब्याटिङ गर्न सकेनन्। थोरै रनमा समेटिने क्रममा सिङ्गापुर ३९.२ ओभरमा १ सय ९ रन बनाउँदा अल आउट भयो। यद्यपी सिङ्गापुर समूह उप–विजेताको रूपमा अन्तिम चारमा प्रवेश गरिसकेको छ।

सात एशियाली राष्ट्रहरू खेलिरहेको प्रतियोगितामा समूह ’ए’मा नेपालसँगै चीन र सिङ्गापुर छन् भने समूह वी मा मलेसिया, हङकङ, भुटान र थाइल्याण्ड छन्। तुलनात्मक रूपमा सिङ्गापुर नेपाल भन्दा कम क्षमता भएको क्रिकेट राष्ट्र मानिन्छ। पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले कमजोर ठानिएको सिङ्गापुर विरुद्ध खुलेर खेल्यो। ५० ओभरमा ४ विकेट गुमाउँदै नेपालले ३२६ रनको विशाल योगफल तयार पारेको थियो। ओपनर रित गौतमले अविजित १ सय १५ रनको शतकिय पारी खेले। उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।

शतकीय पारी खेल्ने क्रममा गौतमले १० चौका र १ छक्का प्रहार गरेका थिए। आक्रामक कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे l खड्ग बोहरा र कुशल मल्लले अर्धशतक बनाए। १९ वर्षको राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका खडक बोहराले ९० रन बनाए। कुशलले अविजित खेल्दै २३ बलमा ५१ रन जोडेका थिए।

आक्रामक देखिएका उनले ४ चौका र ५ छक्का प्रहार गरेका थिए। जसमा अन्तिम ओभरमा मात्र ४ चौका र १ छक्का सामेल छ। ३२७ रनको लक्ष्य पछ्याउन आएको सिङ्गापुर नेपाली बलर सामु टिक्न सकेन। कानुसानु सतिथले सुरुवाती ओभरमा टोली सम्हाल्ने प्रयास गर्दै ५५ बलमा २४ रन बनाएका थिए। २० ओभरमा सिङ्गापुरको ६ विकेट पतन भइसकेको थियो।

ब्याटिङमा जसरी बलिङमा पनि कुशल मल्लले राम्रो प्रदर्शन गर्दै २ विकेट लिए। नेपालले अव जुलाई ८ मा हुने सेमीफाइनलमा समूह बी को उपविजेता सँग खेल्नेछ। जुलाई ९ मा फाइनल खेल हुनेछ।यस प्रतियोगिताको विजयी राष्ट्र सेप्टेम्बरमा हुने यूथ एसिया कपमा छनौट हुनेछ। यस प्रतियोगिताको विजयी राष्ट्रलाई बिबिसीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?