पक्राउ परे कृष्णबहादुर महरा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १९, २०७६
|
|
३३ पटक हेरिएको
Shares
पक्राउ परे कृष्णबहादुर महरा

सारांश

  • यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • महरालाई पक्राउ गर्न आजै अदालतले अनुमति दिएको थियो ।
  • अदालतको आदेशसँगै प्रहरीले पक्राउ गरेको हो ।

यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महरालाई पक्राउ गर्न आजै अदालतले अनुमति दिएको थियो । अदालतको आदेशसँगै प्रहरीले पक्राउ गरेको हो ।

संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले प्रहरीमा महराविरुद्ध लिखित उजुरी गरेकी थिईन् । शाहीको उजुरीसँग अदालतले प्रहरीलाई महरालाई पक्राउ गर्न आज (आईतबार) आदेश दिएको हो । प्रहरीमा दर्ता भएको किटान जाहेरीमा असोज १२ गते आइतबार राति महरा पीडित महिलाको कोठामा पुगेर जबरजस्ती करणीको प्रयास गरेको कुरा उल्लेख छ ।

महरालाई पक्राउ गरेसँगै प्रहरीले अब अनुसन्धान अघि बढाउनेछ । स्रोतकाअनुसार प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ । त्यस्तै, पीडित महिला शाहीको कोठाबाट प्रमाणहरुपनि संकलन भैसकेका छन् । ती संकलित प्रमाणहरुको फोरेन्सिक जाँच पनि प्रहरीले गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?