विश्वकप फुटसलः नेपाल तीनै खेलमा पराजित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
३५ पटक हेरिएको
Shares
विश्वकप फुटसलः नेपाल तीनै खेलमा पराजित

सारांश

  • काठमाडौँ, २२ चैत ।
  • अर्जेन्टिनामा जारी १२आँै संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ ।
  • समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो ।

काठमाडौँ, २२ चैत । अर्जेन्टिनामा जारी १२आँै संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ । समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो । नेपालका लागि एक मात्रै गोल सुजन बलामीले गरेका थिए ।

यो हारसँगै नेपाल समूह ‘डी’ मा जितविहीन बन्दै घर फर्किएको छ । यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग २–१ गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा फ्रान्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । नेपालले विश्वकपमा वाइल्ड कार्डबाट सहभागिता जनाएको हो । नेपालको समूहबाट क्याटलोनिया र फ्रान्स क्वाटरफाइलमा प्रवेश गरेका छन् । तीनै खेलमा पराजित नेपाली टोली आजै स्वदेश फर्कंदै छ । १२औँ संस्करणको विश्वकप फुटसलमा सहभागी हुन नेपाली टोली यही चैत १४ गते त्यसतर्फ गएको थियो ।

समीर कार्कीको कप्तानीमा विश्वकप खेल्ने १२ सदस्यीय नेपाली टोलीमा दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, दीपेन्द्र रसाइली, साहिल राना, राजु बुढाथोकी, अनुप राना, बरदान लामा, गौरब श्रेष्ठ, ग्रिजेशमान श्रेष्ठ र सञ्जीव तामाङ रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समितिका निर्देशन कार्यान्वयन नहुनु अवहेलना हो : ज्येष्ठ सदस्य केसी
समितिका निर्देशन कार्यान्वयन नहुनु अवहेलना हो : ज्येष्ठ सदस्य केसी
अर्थ समितिको पहिलो बैठक : अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्सबारे छलफल
अर्थ समितिको पहिलो बैठक : अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्सबारे छलफल
मनसुनी न्यूनचापीय रेखा पुनः भारी वर्षाको सम्भावना
मनसुनी न्यूनचापीय रेखा पुनः भारी वर्षाको सम्भावना
विष्णु पौडेलले कित्ता नम्बर दिंदै सरकारी जग्गा छानबिनमा सघाउने प्रतिबद्धता जनाए
विष्णु पौडेलले कित्ता नम्बर दिंदै सरकारी जग्गा छानबिनमा सघाउने प्रतिबद्धता जनाए
नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान
नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान
हेर्नुस् नेपालमै डिजाइन गरिएको बाइक ‘सुन्तली’, क्लासिक ३५०
हेर्नुस् नेपालमै डिजाइन गरिएको बाइक ‘सुन्तली’, क्लासिक ३५०
प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने ,.
प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने ,.
सलमान र सलीमलाई ज्यानको धम्की
सलमान र सलीमलाई ज्यानको धम्की
काठमाडौँबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता
काठमाडौँबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता
बहुचर्चित भरतपुर महानगरमा कस कसले उम्मेदवारी दर्ता गराए ?
बहुचर्चित भरतपुर महानगरमा कस कसले उम्मेदवारी दर्ता गराए ?

तपाईंले छुटाउनुभयो कि?