दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
सारांश
- सुर्य प्रसाद अधिकारी, जेठ १७, चितवन।
- बिगत २ महिनादेखि थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकासिंदै गएको व्यवसायीहरुले बताएका छन।
- बिशेष गरी गर्मी याममा कुखुराको रोगका कारण मृत्युदर बढ्ने र कुखुराले पर्याप्त मात्रामा दाना पानी नखाने हुंँदा तुलनात्मक रुपमा वजन समेत कम भई उत्पादनमा समेत गिरावट आउने गर्दछ ।
सुर्य प्रसाद अधिकारी, जेठ १७, चितवन। बिगत २ महिनादेखि थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकासिंदै गएको व्यवसायीहरुले बताएका छन। बिशेष गरी गर्मी याममा कुखुराको रोगका कारण मृत्युदर बढ्ने र कुखुराले पर्याप्त मात्रामा दाना पानी नखाने हुंँदा तुलनात्मक रुपमा वजन समेत कम भई उत्पादनमा समेत गिरावट आउने गर्दछ ।
जाडो याम भन्दा गर्मी याममा आपुर्तिको तुलनामा उपभोग समेत कम हुने गर्दछ । तर गर्मी याम बिस्तारै सकिए लगत्तै र बर्षायाम समेत शुरु भएकोले लेयर्सका अण्डा एवं बा्रैइलर उत्पादनमा समेत सकारात्मक प्रभाव परेको छ। बिगत दुई महिना अघि अत्याधिक गर्मीका साथै इकोलाई र सिआरडी जस्ता रोगहरुले कुखुराको मृत्युदर बढी भई अधिकांश किसानहरुले नोक्सान बेहोर्दै आएको पोल्ट्री बजार व्यवस्थापन संघका अध्यक्ष कृष्णहरी लोहनीले बताए । “बिगत २ महिनादेखि उत्पादन र बिक्रीसमेत निकै कम थियो तर यो साताबाट भने उत्पादनसंगै आपुर्तिमा समेत सुधार भएको छ, उनले भने, गर्मी घटेसंगै उत्पादन बढेर सामान्य अबस्थामा आउने छ”। यसभन्दा अघि दैनिक ३ हजारदेखि ५ हजार केजी बिक्री हुने गरेकोमा पछिल्लो समय उत्पादन बढेर ८हजार केजी देखि १० हजार केजीसम्म पुगेको उनको भनाई छ। पोल्ट्री बिज्ञ डा। तिलचन्द्र भट्टराईका अनुसार करीब २ महिना अघि उत्पादन घटेर डरलाग्दो स्थिति सिर्जना भएतापनि यस हप्ताबाट कुखुराको उत्पादन एवं बिक्रीमा अपेक्षित सुधार आएको बताए। “गर्मी सिजन कुखुराको लागि चुनौति पुर्ण समय हो जसका कारण रोगको समेत उत्तिकै जोखिम रहन्छ उनले भने, तर यो हप्ता देखि भने पानी परेसंँगै मृत्युदर घट्न गई उत्पादनमा बृद्धि भएको छ”।
उत्पादन बढेसंगै मासुको बिक्री बढ्यो ।
बिगत दुई महिना देखि कुखुराको अभाव रहेको र बिक्री कम रहेतापनि यही साताबाट माग अनुसारको बिक्रीमा समेत उल्लेखनीय सुधार भएको सिनर्जी पोल्ट्री मार्केटिङका संचालक सुमन जोशीले बताए। गर्मीका कारण किसानले कुखुरा कम पाल्ने र कुखुराको वजन समेत तुलनात्मक रुपमा कम हुने गर्दछ। अहिले आएर उत्पादन संगै बिक्रीमा समेत सुधार आएको जोशीको अनुभव छ । “मेरो पसलमा यसभन्दा अघि १० व्वीण्टलदेखि १२ क्वीन्टल सम्म मासु बिक्री गर्न गाह्रो थियो उनले भने तर २ साताअघिबाट मैले १५ देखि १६ क्वीण्टलसम्म मासु बिक्री हुने गरेको छ” । यस्तै नेपाल पोल्ट्री सप्लार्यस कल्याणकारी संघका निर्वतमा अध्यक्ष एवं भ्याली कोल्ड स्टोरका संचालक तेजनारायण पाण्डेको भनाई पनि जोशीकै भनाईसंग मेल खान्छ । “पहिले कुखुराको वजन कम भई उतपादन घटेतापनि पछिल्लो समय गर्मी घटेसंगै कुखुराको मृत्युदर कम भई उत्पादन बढेको छ उनले भन,े हाल मेरो पसलमा समेत तुलनात्मक रुपमा बिक्री बढेको छ”।
चल्लाको उत्पादन पनि बढ्यो
पछिल्लो समय चल्लाको समेत उत्पादन बढेर गएको छ , झण्डै २ महिना अघिदेखि चल्लाको उत्पादन समेत घटेर किसानले चल्लाको अभाव खेपिरहेको भएतापनि, पछिल्ला दिनहरुमा चल्लाको उत्पादन बढेर किसानलाई कुखुरापालनमा समेत सहज भएको नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले बताए।
“यसभन्दा पहिले उत्पादनमा केही हस आएको पक्कै हो उनले भने अहिले आएर चल्ला उत्पादनमा अपेक्षित रुपमा बढेको छ अब किसानलाई चल्लाको लागि धेरै दिन कुर्नु पर्दैन”।पछिल्लो समय कुखुराको उत्पादन र बिक्री बढेसंँगै व्यवसायी र किसानहरु समेत उत्साहित भएका छन।
अण्डाको माग र आपुर्ति समानुपातिक
पछिल्लो केही हप्तादेखि लेयर्स कुखुराको मृत्यदरमा कम हुनुको साथै आबश्यक मात्रमा कुखुराले दाना पानी खानथालेपछि अण्डा उत्पादनमा समेत सुधार आएको छ । गर्मी याम घटेसंगै र अण्डाको उपभोगमा समेत बृद्धि भएपछि माग अनुसारको अण्डा बिक्री भएको नेपाल अण्डा उत्पादक संघका केन्दीय अध्यक्ष शिवराम के.सी.ले जानकारी दिए। “अघिल्ला महिनाहरुमा अण्डा उतपादनमा पनि ह्रास आएको थियो र अण्डाको आकार पनि साना थिए, उनले भन,े पछिल्लो समय उत्पादनमा उल्लेखनीय सुधार छ, किसानले आफ्नो फार्ममा अण्डा स्टक राख्नु पर्देन”। उहांँका अनुसार जिल्लाका कतिपय ठाउंँ र राजधानीमा समेत यातायातको समस्याका कारण अण्डा पुरयाउन सकिएको छैन। हाल जिल्लामा संघमा आबद्ध कुखुरापालक किसालहरु ६०० को संख्यामा छन भने अन्य साना खुद्रा किसानहरु भ्mण्डै १६०० को हाराहारीमा रहेको उनको भनाई छ । देशभरी दैनिक अण्डाको उत्पादन १८ देखि २० लाख रहेको छ भने चितवन जिल्लामा मात्रै दैनिक १० देखि १२ लाख अण्डा उत्पादन हुदै आएको छ।
कारोबारमा सुधार आएपछि कुखुरापालक किसान उत्साहित
क्रमश रोगको संक्रमण कम हुदै गएको र उत्पादनमा समेत अपेक्षित रुपमा सुधार आएपछि चितवनका कुखुरापालक किसानहरु उत्साहित भएका छन । बिगत केही महिना अघि इकोलाई र सि.आर.डि रोगले दःुख पाएका किसानहरुले पछिल्लो केही हप्तादेखि राहत महसुस गरेका छन। बिस्तारै यसको रोगको प्रभाव कम रहेको कारण आफु सन्तुष्टी रहेको किसानहरुले बताउंदै आएका छन। इच्छाकामना गाउंँपालिका एककिसान चन्द्रमणि सापकोटाले भने, अहिले मेरो खोरमा १० हजार लेयर्स छ, अहिले अण्डाको माग राम्रो छ, अव म १० हजार लेयर्स थप्ने तयारीमा छु”। बिगतका बर्षहरुमा यस व्यवसायबाट नोक्सान भएपनि अहिले उनी सन्तुष्ट रहेको बताए । यस्तै पुर्वी चितवनको ब्रोइलर पालक किसान मोहनाका थुमबहादुर थापाको अनुभव पनि सापकोटाको भनाईसंग मेल खान्छ । चैत र बैशाख महिनामा अत्याधिक गर्मी र रोगका कारण १५०० वटा कुखुरा मध्ये ४०० वटा मरे उनले भने, अहिले मेरो कुखुरामा कुनै रोग छैन दाना पानी पनि प्रशस्त खान थालेका छन् उनले थपे, अव वजन पनि बढेको छ, अव मलाई घाटा छैन”। बढीगर्मी याम र बढी जाडो समय भन्दा सन्तुलीत तापक्रममा कुखुरा र अण्डाको
उत्पादन अपेक्षित रुपमा राम्रो हुने अनुभव व्यवसायीहरुको छ ।
चितवनमा व्यवसायिक कुखुरापालन गर्ने किसानको संख्या ४ सय देखि ५ सयको हाराहारीमा रहेका छन भने नेपालको कुल उत्पादनको झण्डै ६० प्रतिशत हिस्सा चितवनले ओगटेको छ। हाल चितवनमा प्रतिहप्ता १४ लाख चल्ला उत्पादन हुदै आइरहेको छ । भने देशभर यसको उत्पादन प्रति हप्ता करीब २५ लाख रहेको नेपाल ह्याचरी उद्योग संघको तथ्यांंकले देखाएको छ । चितवनमा मात्रै दैनिक करीब ८ लाख के.जी. मासु उत्पादन हुँदै आएको छ भने देशभर झण्डै दैनिक २२ लाख के.जी. उत्पादन हुने गर्दछ।
प्रतिक्रिया