साउदी अरबमाथि किन यस्तो भाषा प्रयोग गरे राष्ट्रपति ट्रम्पले ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
साउदी अरबमाथि किन यस्तो भाषा प्रयोग गरे राष्ट्रपति ट्रम्पले ?

सारांश

  • बीबीसी ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका राजा सलमानले अमेरिकी सेनाको सहयोग विना साउदीमा दुई हप्तासम्म पनि शासन गर्न नसक्ने टिप्पणी गरेका छन् ।
  • अमेरिकाको मिसिसिपी राज्यमा एक सभालाई सम्वोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, “हामी साउदी अरबको सुरक्षा गर्छौं ।

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका राजा सलमानले अमेरिकी सेनाको सहयोग विना साउदीमा दुई हप्तासम्म पनि शासन गर्न नसक्ने टिप्पणी गरेका छन् ।
अमेरिकाको मिसिसिपी राज्यमा एक सभालाई सम्वोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, “हामी साउदी अरबको सुरक्षा गर्छौं । म राजा सलमानलाई मन पराउँछु । तर मैले उहाँलाई हामीले तपाइँको सुरक्षा गरिरहेका छौं । यदि हामी तपाइँको साथमा नहुने हो भने तपाइँ दुई हप्तासम्म पनि शासन गर्न सक्नुहुन्न भनिदिएको छु ।’

उक्त कुरा कहिले साउदी राजालाई भनेको भन्ने विषयमा भने ट्रम्पले केही खुलाइनन् । साउदी अरब खाडी मुलुकमध्ये अमेरिकाको सबैभन्दा विश्वासिलो देश हो ।

कुवेत मुद्दामाथि भएको पहिलो इराक युद्धदेखि लिएर अहिलेसम्म साउदी र अमेरिकाका अहिलेसम्म साथमै छन् । यस्तो अवस्थामा के प्रश्न उठ्छ भने ट्रम्पले सहयोगी मुलुकका लागि यस्तो कडा शब्दको प्रयोग किन गरे ?

राष्ट्रपति बनेपछि साउदी अरब ती देशमध्येको एक थियो जहाँ ट्रम्प पुगेका थिए । साउदी अरबमा तलवारको डान्स भएको भिडियो निकै भाइरल भएको थियो । करिव डेढ वर्षमा नै यस्तो सम्बन्धको न्यानोपना किन हराउँदै गएको छ ?

यसको सहज विवेचना ट्रम्प सामान्यतया धेरै सोचविचार नगरी सार्वजनिक रुपमा अभिव्यक्ति दिन्छन् भन्ने हुन सक्छ ।
तेलको खेल

शायद राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीमाथि तेलको बढ्दो मूल्य नियन्त्रण गर्नका लागि यस्तो अभिव्यक्ति दिएको हुनसक्छ ।

यसअघि पनि अमेरिकाले साउदी अरबलाई तेलका विषयमा चेतावनी दिँदै आएको थियो । यही वर्ष जुनमा राष्ट्रपति ट्रम्पले एक ट्वीटमार्फत साउदी अरबका राजा सलमानलाई तेलको मूल्य घटाउन आग्रह गरेका थिए । उनले तेलको मूल्य कम गर्न साउदी अरब तयार भएको पनि जनाएका थिए ।
त्यतिबेला ट्रम्पले तेलको मूल्य बढ्नुमा इरान र भेनेजुएला जिम्मेवार भएको बताएका थिए ।
तर, केही समय अगाडि अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यद्यपि यो प्रतिबन्ध नोभेम्बरदेखि लागू हुनेछ । तर, अमेरिकाको उक्त घोषणापछि तेलको बजार मूल्य बढ्न थालेको थियो । इरान कच्चा तेलको मुख्य निर्यातकर्ता मुलुक हो । इरानले प्रत्येक दिन करिव तीस लाख ब्यारल तेल निर्यात गर्छ ।

तेलको मूल्यमाथि निगरानी राख्ने स्टीफन इननेसले रोयटर्ससँग भने, “जब नोभेम्बरमा इरानको तेलमाथि प्रतिबन्ध सुुरु हुन्छ, तब बजारमाथि धेरे दबाव पढ्छ । यस्तो समयमा शायद प्रतिबन्धको असर पनि झनै मात्र पर्न सक्छ । र बजारको अवस्था झन बिग्रिन सक्छ ।”

इरानमाथि प्रतिबन्धबाट तेलको मूल्य बढ्यो भने त्यसको घाटा अमेरिकालाई नै हुन्छ । तेलको मूल्य नियन्त्रण गर्नका लागि साउदी अरबमाथि दबाव कायमै रहन्छ र ट्रम्पको पछिल्लो अभिव्यक्तिले पनि त्यसैलाई संकेत गर्छ ।

मुसलमानको पवित्र धार्मिकस्थल मक्का र मदिना साउदी अरबमा भएका कारण विश्वका करोडौं मुसलमान साउदीलाई पवित्र मान्छन् । तर, शिया बाहुल्य इरान इस्लामिक विश्वको अगुवाईकालागि साउदीलाई आफ्नो प्रतिद्वन्द्वी ठान्छ ।

इराकको उथप–पुथल, मध्यपूर्वमा इस्लामिक चरमपन्थी र इरानको कथित परमाणु कार्यक्रम साउदी अरब र अमेरिकाबीचको सम्बन्धलाई झन् नजिक ल्याउँछ । यस्तोमा ट्रम्पको पछिल्लो अभिव्यक्तिको वावजूद यी दुबै देशबीचको सम्बन्ध यथास्थितिमा नै रहिरन्छ । किनभने तत्काल इरान र इस्लामिक चरमपन्थीका कारण दुबै मुलुकलाई एकअर्काको सहयोग आवश्यक छ ।

ट्रम्पले राष्ट्रपति बनिसकेपछि कैयौंपटक साउदी अरब र उसका सत्ताधारी परिवारका लागि कडा शब्दको प्रयोग गरेका छन् । खाडीको सञ्चारमाध्यममा यसप्रति एक प्रकारको रोष पनि छ । मिडिया ईस्ट आईमा मदावी अल–रशीद लेख्छिन्–ट्रम्पको अमेरिका र साउदी अरबबीचको सम्बन्धमा कुटनीतिकको पर्दा नै गायव छ । यसमा विनम्र भाषासमेत छैन ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?