विद्यालय गएकी बालिका १३ दिनदेखि बेपत्ता
सारांश
- काठमाडौं, ४ पुस ।
- इलाममा एक बालिका १३ दिनदेखि बेपत्ता भएकी छन् ।
- सन्दकपुर गाउँपालिका जमुनाकी १२ वर्षीया मुना गुरुङ गत मंसिर २० गतेदेखि वेपत्ता भएको परिवारले जनाएको छ ।
काठमाडौं, ४ पुस । इलाममा एक बालिका १३ दिनदेखि बेपत्ता भएकी छन् । सन्दकपुर गाउँपालिका जमुनाकी १२ वर्षीया मुना गुरुङ गत मंसिर २० गतेदेखि वेपत्ता भएको परिवारले जनाएको छ ।
उनी गाउँकै राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययन थिइन् । वेपत्ता भएको दुई दिनसम्म आफन्तकोमा गएको आशङ्कामा बालिकाको खोजी नगरिएको पारिवारिक स्रोतले जनाएको छ ।
दुई दिनपछि पनि घर नफर्किएपछि परिवारले बालिकाको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएका थिए । बालिकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया