आज टीकाको दोस्रो दिन, मान्यजनबाट टीका तथा आशिरवाद ग्रहण गरिदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २२, २०७६
|
|
२१ पटक हेरिएको
Shares
आज टीकाको दोस्रो दिन, मान्यजनबाट टीका तथा आशिरवाद ग्रहण गरिदै

सारांश

  • विजयादशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ ।
  • दशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ ।
  • कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ ।

विजयादशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । दशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने गरिन्छ ।

आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हो ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ । यस्तै, हिन्दु तिथीको ११ औं दिनलाई एकादशी भन्ने गरिन्छ । यो दिन व्रत बस्ने, फलाहार मात्र सेवन गर्ने चलन छ ।

दुर्गा भवानीको अर्चना गरिएको नवरात्रपछि पर्ने यो एकादशीको नामअनुसार पाप गर्नेलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?