सानै छु बढ्न देउ बाल विवाह होइन पढ्न देउ अभियान ३ महिना सम्म संचालन हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
४९ पटक हेरिएको
Shares
सानै छु बढ्न देउ बाल विवाह होइन पढ्न देउ अभियान ३ महिना सम्म संचालन हुने

सारांश

  • गाईघाट १,असोज।
  • गैर सरकारी संस्था महासङ्घ उदयपुर ले बलात्कार र सबैखाले याैन दुर्व्यवहार विरुद्धको उदयपुरे अभियान”सानै छु बढ्न देउ बाल विवाह होइन पढ्न देउ.
  • अभियान ३ महिना सम्म अभियान सन्चालन गर्ने  जानकारी दिईएको छ।

गाईघाट १,असोज।गैर सरकारी संस्था महासङ्घ उदयपुर ले बलात्कार र सबैखाले याैन दुर्व्यवहार विरुद्धको उदयपुरे अभियान”सानै छु बढ्न देउ बाल विवाह होइन पढ्न देउ.अभियान ३ महिना सम्म अभियान सन्चालन गर्ने  जानकारी दिईएको छ।

आज उदयपुरका विभिन्न संघ संस्था नागरिक समाज बुद्धिजीवी पत्रकार युवा लगाएतको उपस्थितिमा वृहत् छलफल कार्यक्रम आयोजना गरी  गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा उदयपुर ले बलात्कार तथा यौनजन्य दुर्ब्यबहारका घटनाहरु दिनप्रतिदिन बढ्दै गैरहेकाले उदयपुर जिल्लाका  सबै नगरपालिका,गाउँपालिका, बिद्यालय तथा सार्वजानिक स्थलमा सबै सरोकारवाला सङ्गको सहकार्यमा ३ महिना सम्म अभियान सन्चालन गर्ने कार्यक्रममा प्रमुख अतिथी गैसस महासङ्घका केन्द्रीय उपाध्यक्ष सिर्जना दनुवारले जानकारी गर्राईन। यस्ता यौनजन्य घटना परिवार,नातागोता,आफन्त,छिमेकी र परिचित ब्यक्तिहरुबाटै घट्ने गरेकोले घट्ना घट्नुका कारण पहिचान गर्ने,सम्भावित घट्ना बढी हुने क्षेत्रको पहिचान गर्ने, बालबालिकामा घट्ना सम्बन्धी पुर्वसचेतना,घटनाको समयमा प्रतिकार गर्ने तरिका,र घटना पस्चात उजुरी, प्रमाण संरक्षण तथा कानुनी ब्यबस्थाका बारेमा जिल्ला ब्यापी अभियान सन्चालन गर्ने र त्यसको लागी आवश्यक डकुमेन्ट तयारी भैरहेको कुरा बरिष्ठ पत्रकार कौशल चेम्जोङ्ग ले बताए।कार्यक्रम महेश्वरी राईको अध्यक्षता तथा सिर्जना दनुवार को प्रमुख आतिथ्यतामा भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?