राजविराज जेसिज भवनमा आगजनी
सारांश
- राजविराज ।
- सप्तरीको राजविराजमा रहेको राजविराज जेसिज भवनमा आज बिहान आगजनी भएको छ ।
- सो आगजनीबाट भवनमा क्षति हुनका साथै कार्यालयभित्र रहेका छवटा प्लास्टिकका कुर्सी जलेर नष्ट भएको सप्तरीका प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिए ।
राजविराज । सप्तरीको राजविराजमा रहेको राजविराज जेसिज भवनमा आज बिहान आगजनी भएको छ ।
सो आगजनीबाट भवनमा क्षति हुनका साथै कार्यालयभित्र रहेका छवटा प्लास्टिकका कुर्सी जलेर नष्ट भएको सप्तरीका प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिए । साथै, सो भवनको केही सिसासमेत फुटेको प्रहरीले बताएको छ ।
यता आगो कसले र किन लगाएको भन्ने खुल्न नसकेको र जेसिज भवनमा आगो लगाउने दोषीमाथि कडा कारबाही हुने प्रहरी नायब उपरीक्षक उप्रेतीले बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया