महावचिरालङकन थाइल्याण्डका नयाँ राजा घोषित…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १७, २०७३
|
|
१८८ पटक हेरिएको
Shares
महावचिरालङकन थाइल्याण्डका नयाँ राजा घोषित…

सारांश

  • थाइल्याण्ड: झण्डै डेढ महिना अघि आफ्ना पिता पूमिपोन अदून्यदेतको निधन पछि युवराज महावचिरालङकन नयाँ राजा घोषित गरिएका हुन्।
  • बिहीबार अबेर टेलिभिजनमा प्रत्यक्ष प्रसारित एक समारोहमा युवराजले नयाँ राजा बन्न संसदले गरेको निमन्त्रणा स्वीकार गरेका थिए।
  • थाइल्याण्डमा राजसंस्थालाई निकै सम्मान गरिन्छ, तर नयाँ राजा आफ्ना स्वर्गीय पिता जत्तिकै लोकप्रिय हुनसक्लान् कि नसक्लान् भन्नेबारे आशंकाहरु छन्।

थाइल्याण्ड: झण्डै डेढ महिना अघि आफ्ना पिता पूमिपोन अदून्यदेतको निधन पछि युवराज महावचिरालङकन नयाँ राजा घोषित गरिएका हुन्।
बिहीबार अबेर टेलिभिजनमा प्रत्यक्ष प्रसारित एक समारोहमा युवराजले नयाँ राजा बन्न संसदले गरेको निमन्त्रणा स्वीकार गरेका थिए।
थाइल्याण्डमा राजसंस्थालाई निकै सम्मान गरिन्छ, तर नयाँ राजा आफ्ना स्वर्गीय पिता जत्तिकै लोकप्रिय हुनसक्लान् कि नसक्लान् भन्नेबारे आशंकाहरु छन्।
६४ वर्षे युवराजफे गत अक्टोबर १३ तारिखमा आफ्ना पिताको निधन लगत्तै राज्यारोहण गर्ने अनुमान गरिएको थियो।

प्रतीक
राजा पूमिपोन राजनीतिक उतारचढाव भइरहने थाइल्याण्डमा स्थायित्वको प्रतीकका रुपमा थिए।
उनलाई देशभरि नै सम्मान गरिन्थ्यो र इश्वरकै अंशकै रुपमा मानिन्थ्यो।
सन् १९४६ मा उनी गद्दीनसीन भएका थिए।
उनले ७० वर्षसम्म शासन गरे।
देशको राजनीतिक जीवनमा राजसंस्थाको भूमिकाबारे प्रश्न उठाउनेहरु समेत गरी थाइल्याण्डका अधिकांश जनताले उनको श्रद्धा गर्थे।
दूरदराजका क्षेत्रसहित देशभित्र व्यापक भ्रमण गर्ने अनि विपन्नहरुप्रति वास्तविक चिन्ता जनाउने उनको बानीले उनको लोकप्रियता बढाएको थियो।
बारम्बार राजनीतिक उथलपुथल र सैनिक कु भइरहने देशमा उनलाई विभिन्न समूहमाझ एकताका सूत्रको रुपमा समेत हेरिन्थ्यो।

चुनौती
आफ्ना बाबुको जस्तै सम्मान कायम राखिराख्न युवराजलाई ठूलो चुनौती हुने आकलन गरिएको छ।
राजपरिवारबारे सार्वजनिक छलफल गर्न बन्देज लगाउने कडा कानुनहरु रहेकाले युवराजबारे निकै थोरैमात्रै जानकारी छ।
युवराजले विवाह गर्दै तीनपटक सम्म पारपाचुके गरेका छन् र उनका कम्तीमा सात जना सन्तान छन्।
उनी आफ्ना स्वर्गीय पिता जत्तिकै लोकप्रिय नभएको बताइन्छ।

श्रोत: बि.बि.सी. न्युज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?