टोप बहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
६८ पटक हेरिएको
Shares
टोप बहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

सारांश

  • काठमाडौं ।
  • पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई जिल्ला अदालत काठमाडौँले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
  • प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो ।

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई जिल्ला अदालत काठमाडौँले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो । प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।

बिहीबार बिहान हवाई जहाजबाट काठमाडौँ ल्याइएसँगै प्रहरीले उनलाई म्याद लिनका लागि अदालतमा उपस्थित गराएको थियो ।

तयस्तै,नक्कली डकुमेन्टका आधारमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा जोडिएको भन्दै सचिव रायमाझीविरुद्ध बुधबार वारेन्ट जारी भएको थियो । उनलाई पनि प्रहरीले बिहीबार भैरहवाबाट पक्राउ समेत गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?