रकम असुली गरेको आरोपमा दोलखाका सीडीओ काठमाडौं तानिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
रकम असुली गरेको आरोपमा दोलखाका सीडीओ काठमाडौं तानिए

सारांश

  • काठमाडौँ।
  • घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई जिम्मेवारीबाट हटाइएको छ।
  • उनलाई गृह मन्त्रालय तानिएको छ।

काठमाडौँ। घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई गृह मन्त्रालय तानिएको छ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले रिजाललाई दोलखाको प्रजिअबाट हटाउने निर्णय भएको जानकारी दिए। ‘उहाँलाई दोलखाका दिइएको प्रजिअको जिम्मेजारीबाट हटाइएको छ। उहाँले विहानै जिल्ला  छोडिसक्नु भयो। अहिले सहायक प्रजिअलाई नै कायम मुकायम ताेकिएकाे छ। नयाँ पठाउनलाई केही समय लाग्छ हाेला,’ प्रवक्ता शर्माले भने।

प्रजिअ रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले २१ हजार घुस लिएको आरोप पत्रकार सम्मेलन गरेर लगाएका थिए।

रिजालमाथि घुस लिएको नलिएको बारे थप छानबिन गरिने प्रवक्ता शर्माले बताए । ग्रृह स्रोतका अनुसार रिजालले पहिला घुस लिएपनि विवाद भएपछि फिर्ता गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?