उम्मेदवार टुंगो लगाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १५, २०७६
|
|
३१ पटक हेरिएको
Shares
उम्मेदवार टुंगो लगाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाउन आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
  •  पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाउने विषयमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

काठमाडौं। नेपाली कांग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाउन आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाउने विषयमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुने बताइएको छ । पार्टीको संसदीय समिति गठन नभएकाले केन्द्रीय समिति बैठकले उम्मेदवार टुङ्गो लगाउने सम्बन्धमा पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने बताइएको छ । यसपछि कात्तिक १७ गते बस्ने केन्द्रीय समितिको बैठकले पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने पार्टी कार्यालयले जनाएको छ।

यसैगरी बिहीकार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल भएको थियो। पदाधिकारी बैठकमा उपनिर्वाचन हुने सम्बन्धित प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशमा पार्टीको वस्तुस्थितिका बारेमा जानकारी गराएको मुख्य सचिव पौडेलले बताए।

उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको पार्टी कार्यालयले जनाएको छ । सैँतीस जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धोबीखोलामा दुई अर्बः २० वर्षमा पनि नबन्ने भयो कोरिडोर
शीतलनिवासमा मन्त्रीहरूको सपथ (हेर्नुहोस् ६ तस्बिरमा)
शीतलनिवासमा मन्त्रीहरूको सपथ (हेर्नुहोस् ६ तस्बिरमा)
यसकारण शाहरुखलाई छोडेकी थिइन् गौरीले
यसकारण शाहरुखलाई छोडेकी थिइन् गौरीले
रोशनीले बयान फेर्दा अप्ठ्यारोमा महरा, कठोर बन्दै प्र-हरी
रोशनीले बयान फेर्दा अप्ठ्यारोमा महरा, कठोर बन्दै प्र-हरी
विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको पत्र
विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको पत्र
अन्ततः साढे २ लाख तिरेर नेपाल फर्के रबि लामिछाने, प्रेस काउन्सिलले गर्यो कदर
अन्ततः साढे २ लाख तिरेर नेपाल फर्के रबि लामिछाने, प्रेस काउन्सिलले गर्यो कदर
सलमान खानको नजरमा परेकी अफगानी मोडल (हेर्नुहोस् तस्विर सहित् )
सलमान खानको नजरमा परेकी अफगानी मोडल (हेर्नुहोस् तस्विर सहित् )
ओली-दाहाल निर्णायक वार्ता सुरु पौडेल, शर्मा, पोखरेल र पुनपनि सहभागी)
ओली-दाहाल निर्णायक वार्ता सुरु पौडेल, शर्मा, पोखरेल र पुनपनि सहभागी)
बाबुरामले जम्प गरे, काजी पछारिए
बाबुरामले जम्प गरे, काजी पछारिए
नेतृत्व हस्तान्तरणको बहस निस्तेज पार्दै प्रचण्ड
नेतृत्व हस्तान्तरणको बहस निस्तेज पार्दै प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?