रोशनीले बयान फेर्दा अप्ठ्यारोमा महरा, कठोर बन्दै प्र-हरी

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ९, २०७६
|
|
४० पटक हेरिएको
Shares
रोशनीले बयान फेर्दा अप्ठ्यारोमा महरा, कठोर बन्दै प्र-हरी

सारांश

  • निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल बस्ने या धरौटीमा रिहा हुने टुंगो आउँदो हप्ता लाग्नेछ ।
  • १९ असोजमा पक्राउ परेका उनीमाथि २५ दिनको अनुसन्धान समयावधि आउँदो हप्ता सकिने भएकाले यसको टुंगो आउँदो हप्ता लागिसक्नुपर्नेछ ।
  • महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाहीले अदालतमा पुगेरै महराको बचाऊमा बयान फेरेपछि मुद्दा निकै जटिल बनेको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल बस्ने या धरौटीमा रिहा हुने टुंगो आउँदो हप्ता लाग्नेछ । १९ असोजमा पक्राउ परेका उनीमाथि २५ दिनको अनुसन्धान समयावधि आउँदो हप्ता सकिने भएकाले यसको टुंगो आउँदो हप्ता लागिसक्नुपर्नेछ । महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाहीले अदालतमा पुगेरै महराको बचाऊमा बयान फेरेपछि मुद्दा निकै जटिल बनेको छ ।

तर, राज्य महरामाथि झन् कठोर बन्नसक्ने देखिएको छ । किटानी जाहेरी करकापमा भनेर रोशनीले बयान दिएपछि महरामाथि जर्बजस्ती करणीकै अभियोगमा मुद्दा दायर हुनसक्छ । प्रहरीले प्रमाणहरु संकलन गरिसकेकाले उनीमाथि कडा सजायको मागसहित मुद्दा दर्ताको तयारी भएको बुझिएको छ ।

रोशनीले महरालाई जोगाउन लागिपर्दा उल्टै पीडितलाई प्रभाव या दबाबमा पारेको मुद्दा समेत लाग्न सक्छ । यसले सरकार पक्ष र महरा पक्षबीच अदालतमा हुने बहस र कानुको कला रोचक बन्न सक्छ । रोशनीले आफू डिप्रेसनको रोगी समेत भनेकी छिन् । आफूलाई गलत देखाएर महरालाई जोगाउन खोज्नुले बयानका आधारमा अदालतले फैसला गरेमा महरा छुट्ने र रोशनी जेल जाने अवस्था बन्नसक्छ । तर, सरकार पक्षले रोशनीलाई प्रभाव र दबाबमा पारेको भन्दै महराविरुद्ध जर्बजस्ती करणीको मुद्दा सम्म लगाउन सक्छ र त्यो अवस्थामा स्वास्थ्य परीक्षणलगायतका जटिल विषय उठ्न सक्छ ।

घटना यस्तो मोडमा पुगेको छ कि सरकार पक्ष महराविरुद्ध अझ कडा रुपमा अदालतमा प्रस्तुत हुनुपर्ने अवस्थ ा बनेको छ । जर्बजस्ती प्रयासको अभियोगमा उजूरीकर्ता रोशनी शाही नै बयान फेरेर उनको समर्थनमा अदालतमा उपस्थित भएपछि घटनाले नयाँ मोड लिइसकेको थियो ।

जर्बजस्ती सम्बन्धि मुद्दामा प्रायः पीडितले बयान फेर्ने गरेको तथ्यांक छ । नेपालको हकमा अदालती प्रक्रियामा यस्ता धेरै उदाहरण छन् । तर, पीडतले बयान फेरेपनि पीडकलाई जोगाउन नसकिएको धेरै घटना छन् ।

१२ असोजको राति आफूमाथि जर्बजस्ती भएको दाबी गरेकी रोशनीको न त स्वास्थ्य जाँच गरिएको थियो न त घटनास्थलको प्रहरी अनुसन्धान गम्भीरताका साथ भएको थियो । रोशनी उल्टै आफूले आवेगमा आएर बोलेको भन्दै सच्याउन थालिन् । उनले सामाजिक सञ्जालमा महराविरुद्ध लेख्ने र बोल्नेविरुद्ध लेखिरहिन् । यसबीच १८ असोजमा एउटा आश्चर्यजनक कदम चालिन् । उनले महराविरुद्ध किटानी जाहेरी दिइन् ।

जाहेरीमा आफूमाथि जर्बजस्ती प्रयासमात्र भएको उल्लेख थियो । यो योजनावद्ध तरिकाले हालिएको किटानी जाहेरी हो भन्ने कतिपय कानुनका जानकारको भनाई छ । किटानी जाहेरी दिनुपर्ने वाध्यकारी अवस्था रोशनीलाई परिसकेको थियो । अन्तर्रा्ष्ट्रिय समुदायले पनि यो घटनातर्फ संकेत गर्दै बोलेपछि रोशनीले जाहेरी नदिए प्रहरी आफै अगाडि बढ्नुपर्ने अवस्था बनेको थियो । यस अवस्थामा रोशनीले मुद्दा कमजोर बनाउने गरी किटानी दिइन् ।

महराले प्रहरीमा बयान दिन मानेनन् । अन्ततः ३ कात्तिकमा रोशनी शाही स्वयं अदालतमा उपस्थित भएर छुटाउनका लागि बयान दिन पुगिन् । काठमाडौं जिल्ला अदालतमा आइतबार घटनाले नाटकीय रुप लियो । यसले किटानी जाहेरी देखि अहिलेसम्मका घटनामा महरालाई सुरक्षित अवतरण गर्ने कानुनी मार्ग तयार गर्न खोजिएको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्सा : छिपहरमाई गाउँपालिकामा माओवादी विजयी
पर्सा : छिपहरमाई गाउँपालिकामा माओवादी विजयी
डच हेलिकप्टर दुर्घटना, दुई व्यक्तिको मृत्यु
डच हेलिकप्टर दुर्घटना, दुई व्यक्तिको मृत्यु
कर्णाली प्रदेशमा चार समिति बनाउने प्रस्ताव
कर्णाली प्रदेशमा चार समिति बनाउने प्रस्ताव
महाभारतका पात्र धृतराष्ट्र, गान्धारी र कुन्तिको निधन कसरी भयो ?
महाभारतका पात्र धृतराष्ट्र, गान्धारी र कुन्तिको निधन कसरी भयो ?
दीर्घकालीन विकल्प छैन काठमाडौँ फोहर व्यवस्थापनको
दीर्घकालीन विकल्प छैन काठमाडौँ फोहर व्यवस्थापनको
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः  प्रधानमन्त्री ओली
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली
मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की, भ्रष्टारचार अन्त्य गर्न नसके पदमा नबस्ने(भिडियोसहित)
मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की, भ्रष्टारचार अन्त्य गर्न नसके पदमा नबस्ने(भिडियोसहित)
भ्याक्सिन उत्पादक सेरममा आगलागीले पाँचजनाको मृत्यु र अरबौंको क्षति
भ्याक्सिन उत्पादक सेरममा आगलागीले पाँचजनाको मृत्यु र अरबौंको क्षति
बंगलादेशमा बालगोपाल महर्जन?कसरी खेलाउछन टीम लाई
बंगलादेशमा बालगोपाल महर्जन?कसरी खेलाउछन टीम लाई