अन्ततः साढे २ लाख तिरेर नेपाल फर्के रबि लामिछाने, प्रेस काउन्सिलले गर्यो कदर
सारांश
- शिखरन्युज ८ असार-यो साता सञ्चारकर्मी रबि लामिछानेका विषयमा निकै चर्चा चल्यो ।
- अन्ततः उनले साढे २ लाख रुपियाँ भन्दा बढी तिरेर अमेरिकी पासपोर्ट र भिसा त्यागेर नेपाली नागरिक बनेका छन् ।
- कुनै पनि व्यक्तिले नेपाली नागरिकता त्यागेर विदेशको लिन पाउने र फेरि विदेशको त्यागेमा नेपाली नागरिक हुन पाउने कानुनी अधिकार छ ।
शिखरन्युज ८ असार-यो साता सञ्चारकर्मी रबि लामिछानेका विषयमा निकै चर्चा चल्यो । अन्ततः उनले साढे २ लाख रुपियाँ भन्दा बढी तिरेर अमेरिकी पासपोर्ट र भिसा त्यागेर नेपाली नागरिक बनेका छन् । कुनै पनि व्यक्तिले नेपाली नागरिकता त्यागेर विदेशको लिन पाउने र फेरि विदेशको त्यागेमा नेपाली नागरिक हुन पाउने कानुनी अधिकार छ ।
विदेशी नागरिकले नेपालमा आएर सिधा कुरा जनतासँग चलाएको भन्दै लामिछाने विरुद्ध र पक्षमा निकै तर्क चले । पत्रकार र सामान्य व्यक्तिदेखि बुद्धिजिवीसम्म दुई पक्षमा विभाजित भए । लामिछानेलाई जेल हाल्नु गलत हुने भन्दै पक्षमा सर्वसाधारणले समेत आवाज उठाए ।
भएको यस्तो थियो
रबि लामिछाने विरुद्ध प्रेस काउन्सिलमा जर्बजस्ती अर्काको घरमा घुसेर फोटो, भिडियो खिचेको भन्दै उजुरी परेको थियो । त्यसपछि प्रेस काउन्सिलले उनको विषयमा सोधखोज गर्यो । गृह र सञ्चार मन्त्रालयमा पत्राचार गर्दै उनको विषयमा जानकारी माग्यो ।
प्रेस काउन्सिलाई गृह मन्त्रालयले लामिछाने विदेशी नागरिकता ल्याएकाले नेपालमा काम गर्नका लागि वर्क पर्मिटसम्म नल्याएको बतायो । सञ्चार मन्त्रालयले नेपालमा प्रशस्तै काम गर्ने पत्रकार भएकाले विदेशीको आवश्यकता नरहेको स्पष्ट गर्यो ।
लामिछानेलाई पनि काउन्सिलले स्पष्टिकरण सोध्यो । उनले जवाफमा आफूले अमेरिकी पासपोर्ट भिसा त्यागिसकेको बताएका थिए । लामिछानेले सूचना विभागबाट ‘प्रेस पास नलिएको र लिन नचाहेको बरु जुत्ता पालिस गरेर बस्नेर जेल जान सक्ने सम्मका अभिव्यक्ति सहितको स्पष्टिकरण दिएका थिए । उनले प्रेस पास नलिन सक्छन् । तर, जुत्ता पोलिस गर्नसक्ने नलिने अभिव्यक्ति भने गलत थियो । यसले आफ्नै पत्रकारिता पेशाप्रति लान्छना लगाएजस्तो देखिएको थियो ।
प्रेस काउन्सिलले भने लामिछानेलाई जेल जानसक्ने सम्मको अभिव्यक्ति दिएको थियो । तर, कुनैपनि कानुनमा कसैले कार्यक्रम चलाएकै भरमा जेल जानसक्ने कानुन भने बनिसकेको छैन । आगामी भदौ ५ देखि कार्यान्वयनम आउन लागेको अपराध र देवानी संहिता अनुसार जेल जानसक्नेगरी अभिव्यक्ति दिइएका थिए ।
उनले अमेरिकी पासपोर्ट र भिसा त्यागेको खबर गृहले प्रेस काउन्सिललाई दिएको र नेपालमै बसेर पत्रकारिता गर्न रुचिको कदर गर्दै, आचार संहितालाई पालना गर्दै शिष्ट भाषा प्रयोग गर्न आग्रह समेतको प्रेस विज्ञप्ति समेत निकालेको छ ।
अन्ततः रबि घर फर्के
केही वाध्यता र विवशताका कारण आफू अमेरिकी पासपोर्ट लिनुपरेको रबि लामिछानेले स्पष्ट गरिसकेका छन् । आफूले परदेशबाट केही कुरा सिकेर घरदेश फर्केको बताएका छन् । बिहिबार साँझ जनतासँग सिधा कुरामै आफ्नो विषयमा स्पष्टिकरण दिंदै आफू कानुन मान्ने र कानुनभन्दा माथि हुन नसक्ने स्पष्ट पारेका छन् ।
‘अमेरिकी पासापोर्ट ल्याउनु मेरो कमजोरी नै हो । मैले आलोचना खेप्नैपर्छ । अमेरिकाको पासपोर्ट र भिसा त्याग्ने कमै मान्छे हुन्छन्’ उनले भने ।
कार्यक्रम रोक्न र देशबाट निकाल्न प्रयास भएको भन्दै आफू नेपाली टोपी लगाएको नागरिकता प्यारो भएकाले नेपालमै केही गरेर मर्ने इच्छा भएको बताएका छन् । ‘जन्मभूमिमा केही गर्ने भनेर विदेशबाट नेपाल फर्केको’ टेलिभिजनबाटै स्पष्टिकरण दिएका छन् ।
भ्रष्टाचार, अनियमितता, पत्रकारिताको नाममा गरिने विकृति, विसंगति लगायतका नराम्रा कामलाई समेत थप उजागर गर्दै जाने उदघोष गरेका छन् ।
नेपाल टेलिभिजनमा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ शुरु गरेका लामिछानेले पुष्पकमल दाहालको पालामा त्यो कार्यक्रम खोसिएपछि न्युज ट्वन्टीफोर टेलिभिजन मार्फत ‘सिधा कुरा जनतासँग’ कार्यक्रम शुरु गरेका थिए । उनको कार्यक्रममा अनियमितता, जनताका दुःखलाई सिधै सम्बोधन गर्ने गरेको देखिन्छ ।

(Xanax)
प्रतिक्रिया