रास्वपाका २० सांसदलाई सर्वोच्चले सोध्यो: तपाईंहरुलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०८१
|
|
३३ पटक हेरिएको
Shares
रास्वपाका २० सांसदलाई सर्वोच्चले सोध्यो: तपाईंहरुलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने?

सारांश

  • काठमाडौं।
  • अदालतको अवहेलना मुद्दामा रास्वपाका २० जना सांसदसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ।
  • सर्वोच्च अदालतका न्यायाधीशद्धय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले रास्वपाका सांसदहरुलाई अवहेलना मुद्दामा कारबाही किन नगेर्न भन्दै जवाफ माग गरेको हो।

काठमाडौं। अदालतको अवहेलना मुद्दामा रास्वपाका २० जना सांसदसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्धय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले रास्वपाका सांसदहरुलाई अवहेलना मुद्दामा कारबाही किन नगेर्न भन्दै जवाफ माग गरेको हो।

संसद्मा रहेका रास्वपाका २० सांसदविरुद्ध अधिवक्ता अनुमप भट्टराईले अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए। सर्वोच्च प्रशासनले दरपीठ गरेको सो रिट न्यायाधीश विनोद शर्माको इजलासले दर्ता गर्न आदेश गरेको थियो।

यसअघि सो रिटमा प्रारम्भिक सुनुवाइ गर्दै मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले प्रमाण पेश गर्न निवेदकको नाममा आदेश दिएको थियो। अधिवक्ता भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने,आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए।

अधिवक्ता भट्टराईले रास्वपाका उपसभापतिद्धय डीपी अर्याल र स्वर्णिम वाग्लेसहित बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने, कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोविता गौतम, अशोक कुमार चौधरी, असिम शाह र गणेश पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ।

त्यस्तै सांसदहरु चन्दा कार्की, निशा डागी, बिन्दबासिनी कंसकार, बिनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार र हरि ढकालविरुद्ध पनि अदालतको अवहेलनामा मुद्दा दायर भएको छ । कात्तिक २ गते रवि काठमाडौंबाट पक्राउ परेपछि उनीहरुले निरन्तर सडक आन्दोलन गरिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Comedian Sidharth Sagar patched-up with his girlfriend Subuhi Joshi, gives their relation another chance!
Comedian Sidharth Sagar patched-up with his girlfriend Subuhi Joshi, gives their relation another chance!
गाेरखाका कृष्णप्रसाद अधिकारी हत्याका आरोपित रिहा !
गाेरखाका कृष्णप्रसाद अधिकारी हत्याका आरोपित रिहा !
कोरोनाबाट थप ८ जनाको मृत्यु, कुल मृतकको सख्या १८४० पुग्यो
एकसय असी सिट क्षमताका जहाज पोखरा विमानस्थलमा !
एकसय असी सिट क्षमताका जहाज पोखरा विमानस्थलमा !
अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन
अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
सरकारी पोर्टलको कमाल: तीन महिनामै २२ सयभन्दा बढी विपन्न नागरिकको निःशुल्क उपचार
सरकारी पोर्टलको कमाल: तीन महिनामै २२ सयभन्दा बढी विपन्न नागरिकको निःशुल्क उपचार
बादलभित्रको घाम पुरस्कार’ को छनोटमा उत्कृष्ट पाँच कृति
बादलभित्रको घाम पुरस्कार’ को छनोटमा उत्कृष्ट पाँच कृति
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
पुस १४ गतेको राशिफल यस्तो छ
पुस १४ गतेको राशिफल यस्तो छ