इस्लामिक स्टेटका पूर्वप्रमुख अल–बग्दादीकी दिदी पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
३० पटक हेरिएको
Shares
इस्लामिक स्टेटका पूर्वप्रमुख अल–बग्दादीकी दिदी पक्राउ

सारांश

  • बीबीसी ।
  • इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल–बग्दादीकी दिदीलाई पक्राउ गरिएको टर्कीले जनाएको छ।
  • अमेरिकी विशेष फौजले अक्टोबर २६ तारिखमा उत्तरी सिरियामा गरेको कारबाहीमा अल–बग्दादी मारिएका थिए।

बीबीसी । इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल–बग्दादीकी दिदीलाई पक्राउ गरिएको टर्कीले जनाएको छ। अमेरिकी विशेष फौजले अक्टोबर २६ तारिखमा उत्तरी सिरियामा गरेको कारबाहीमा अल–बग्दादी मारिएका थिए।उत्तरी सिरियाको अजाज नगर नजिकैबाट अल–बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई सोमवार पक्राउ गरिएको टर्कीका अधिकारीहरूले बताएका छन्। उक्त नगर हाल टर्कीको नियन्त्रणमा रहेको सिरियाको अलेप्पो प्रान्तमा पर्छ। अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको बताइएको छ।

टर्कीका एक अधिकारीले अवादलाई सूचनाको खानी भन्दै उनले थुप्रै सूचना दिन सक्ने बताएका छन्। पश्चिमा विज्ञहरूले टर्कीको दाबीबारे सन्देह व्यक्त गरेका छन्। तर अवादसँग जीवन र आईएसको संरचनाबारे आन्तरिक जानकारी हुन सक्ने उनीहरूको भनाइ छ।टर्कीका सञ्चार निर्देशक फहरेतिन आल्तुनले अल(बग्दादीकी दिदीलाई पक्राउ गरिएको ट्वीटमार्फत्‌ पुष्टि गरेका छन्। उनले लेखेका छन्, ‘दर्शन र तिनीहरूको उत्पत्तिको वास्ता नगरी आतङ्कवादविरुद्ध टर्कीको लडाइँ अक्षुण्ण रहनेछ। अल–बग्दादीकी दिदीको गिरफ्तारी हाम्रो प्रतिआङ्कवादको कारबाहीमा अर्को एउटा सफलताको उदाहरण हो।’

टर्कीका एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार अल–बग्दादीकी दिदीको गिरफ्तारीले आईएसका आन्तरिक गतिविधिबारे थाहा पाउन सघाउन सक्छ।अल–बग्दादीकी दिदीबारे त्यति धेरै जानकारी छैन र पक्राउ गरिएकी महिलाको बीबीसीले अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार अल–बग्दादीका पाँच दाजुभाइ र धेरै दिदीबहिनी भए पनि उनीहरू सबै जीवित रहे वा नरहेको स्पष्ट छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?