निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको दुवै भागको रिब नै भत्किने गरी पहिरो

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १३, २०८०
|
|
३३ पटक हेरिएको
Shares
निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको दुवै भागको रिब नै भत्किने गरी पहिरो

सारांश

  • पाल्पा।
  •  निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको दुवै भागमा पहिरो खसेको छ ।
  • केही दिन अघि परेको वर्षासंगै दुवै भागको टनेल खनेको स्थानमा पहिरो खसेको हो ।

पाल्पा। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको दुवै भागमा पहिरो खसेको छ । केही दिन अघि परेको वर्षासंगै दुवै भागको टनेल खनेको स्थानमा पहिरो खसेको हो ।

वर्षासँगै खसेको पहिरोले सुरुङ निर्माणको दुवैतर्फको प्रारम्भिक चरणको भाग अर्थात रिब नै भत्किएको आयोजनका प्रमुख राम पुकार जैसवालले जानकारी दिए। हाल दोभानतर्फको भागमा पहिरोले सडक नै एकतर्फी भएको छ ।

यस्तै माथिल्लो भागबाट पहिरो झर्ने क्रम नरोकिएको आयोजनाका कामदारले बताएका छन् । आकार लिएको सुरूङमाथि पहिरो झरेपछि निर्माणको काम रोकिएको छ । दैनिक ८० जना कामदारले काम गर्दै आएको सुरूङमार्गमा पहिरोले काममा समस्या उत्पन्न गरेको हो ।

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा बाह्रै महिना पहिरोको जोखिम रहेको स्थानमा थालिएको सुरुङमार्ग मै पहिरो खसेपछि थप समस्या उत्पन्न भएको छ।

पाँच वर्षमा निर्माण सक्नेगरी निर्माण सुरु भएको सुरुङमार्गको जम्मा लम्बाई एक किलो मिटर १२६ मिटर रहने छ । हालसम्म पुरा डिपिआरसहितको स्वीकृत भएको हुँदा प्रारम्भिक चरणको पूर्वाधार निर्माणका कार्यहरु आयोजनाले गर्दै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?