१२ घण्टामा शिखरन्यूजका ‘टप १०’ समाचारहरु हेर्नुहोस्

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
१२ घण्टामा  शिखरन्यूजका ‘टप १०’ समाचारहरु हेर्नुहोस्

सारांश

  • काठमाडौं ।
  • आज पुस १२ गते ।
  • देश विदेशमा विभिन्न घटनाहरु घटे ।

काठमाडौं । आज पुस १२ गते । देश विदेशमा विभिन्न घटनाहरु घटे । शिखरन्यूजले १२ घण्टामा घटेका घटनाहरुलाई समाचारमार्फत प्रकाशन गर्यो । त्यसमध्ये शिखरन्यूजका ‘टप १०’ समाचारहरु यस्ता छन् ।

प्रचण्ड ओलीको भेटवार्ता सकियो, यस्तो गरे निर्णय ?

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्षबीच भएको ‘वान टू वान’ भेटवार्तामा नयाँ सरकार गठन, पार्टी एकता र राष्ट्रिय सभा सम्बन्धी अध्यादेशबारे छलफल भएको छ ।

ओली निवास बालकोटमा दिउँसो पौने १ बजेदेखि भएको भेटवार्ता दुवै नेताले ले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश तत्काल फिर्ता लिनुको विकल्प नरहेको बताएका छन् ।

ओली र प्रचण्डबीच नयाँ सरकार गठनबारे अहिलेको सरकारले बाटो खुल्ला गर्नुपर्ने विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘पार्टी एकता संयोजन समितिको बैठक भने कहिले हुने टुंगो लागेको छैन् ।’

यसरी बन्छन् ओलीलाई ‘आउट’ गरेर प्रचण्ड प्रधानमन्त्री !

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी परिणाम आएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत अन्य शीर्ष नेताहरुले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

यसको संकेत एमाले र माओवादीको गठबन्धन टुटाएर माओवादी–कांग्रेस र मधेसवादी दल समेतको सरकार बनाउने हो । यदी एमालेसँगको गठबन्धन टुटेको खण्डमा माओवादी अध्यक्षले सोही अनुरुप कदम नउठाउलान भन्न सकिन्न ।

यसले गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी ओलीलाई ‘आउट’ गरेर प्रधानमन्त्री बन्ने सम्भावना एकदम रहेको बुझिन्छ ।

ओलीलाई प्रधानमन्त्री बनाउन माओवादीले माग्यो यी तीन पद

माओवादी केन्द्रलाई राष्ट्रपति, सभामुख र पार्टी अध्यक्ष पद दिए माओवादीले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने बुझिएको छ ।

पार्टी एकतापछि एउटा पार्टीको प्रधानमन्त्री भए अर्को पार्टीको पार्टी अध्यक्ष हुनुपर्ने माओवादी नेताहरुको भनाई छ । तर, एमाले नेताहरुले संसदको ठूलो पार्टी एमालेका अध्यक्ष नै पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुपर्ने भन्दै आइरहेका छन् ।

पार्टी अध्यक्ष र नयाँ बन्ने सरकार गठनमा एमाले–माओवादीबीच खटपट सुरु हुन थालेको हो कि भन्ने आशंकालाई बल पुगेको छ । पार्टी एकताका लागि दबाब बढाउन भइरहेको दौडधुप र गृहकार्य हेर्दा एमाले–माओवादीका अध्यक्षबीच अहिले केही आशंकाले घर घेरेको छ ।

पार्टी एकताबारे सहमति नभए माओवादी सरकारमा नजाने

माओवादी केन्द्रले सरकार गठनअघि नै पार्टी एकताको बारेमा ठोस सहमति नबने एमालेको नेतृत्वमा बन्ने सरकारलाई बाहिरै बसेर समर्थन गर्ने पक्षमा रहेको बताएको छ ।

पार्टी एकताबारे ठोस सहमति नभएमा एमाले एक्लैलाई सरकार बनाउन सहयोग गर्ने माओवादीका एक नेताले शिखरन्यूजलाई जानकारी दिए ।

पार्टी एकताबारे अनेकौं टिकाटिप्पणी भइरहेको बेला एमाले अध्यक्ष केपी ओली भने मौन छन् । तर, माओवादी अध्यक्ष प्रचण्डले भने एकता हुने विषयमा कुनै पनि शंका नगर्न आग्रह गरेका छन् ।

सरकार बनाउनेबारे हामी कुनै भूमिका खेल्दैनौं : राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालवीच तत्काल पार्टी एकता हुने स्पष्ट पारेका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतोले तत्काल फोरमसँग एकता प्रक्रिया सुरु गर्ने विश्वास दिलाए । उनले भने,‘राजपा र फोरमवीच एकता हुन्छ, यसमा कुनै दुई मत छैन, कुरा मिलेको दिन एकता हुन्छ, अहिलेको जनमत पनि दुई वटा पार्टी एकताको लागि नै हो, एकता अहिले हाम्रो प्राथमिकतामा छ ।’

साक्षात्कारमा बोल्दै उनले ६ वटा पार्टी मिलेर राजपा बनाएको उल्लेख गर्दै अब फोरमसँगपनि एकता हुनेमा शंका नगर्न आग्रह गरे । त्यस्तै उनले २ नम्बर प्रदेशमा राजपा र फोरम गठबन्धनको सरकार बनाउने समेत जनाए ।

प्रधानमन्त्री देउवालाई माधव नेपालको आग्रह 

पूर्व–प्रधानमन्त्री एवंम नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ सरकार गठनमा प्रधानमन्त्री शेरबहादुर देउवाले अवरोध गरिरहेको आरोप लगाएका छन् ।

काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुको सम्मानमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री देउवालाई तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न पनि आग्रह गरे ।

नेपालले झण्डै दई तिहाई बहुमत ल्याएको वाम गठबन्धन नयाँ सरकार बनाउन आतुर रहेको पनि स्पष्ट पारे । निर्वाचनमा हार व्यहोर्दा समेत प्रधानमन्त्री देउवाले पदबाट राजीनामा नदिएकोमा आपत्ति समेत प्रकट गरेका छन् ।

मोटरसाइकल हराएको छ ? महाशाखामा बुझ्नुहोस्

काठमाडौं उपत्यकामा मोटरसाइकलहरु दिनदिनै हराउँछन् । पार्किङ गरिराखेको ठाउँबाट, घरबाट मोटरसाइकल हराउने गर्छ । मोटरसाइकल हराएपछि तपाईं हामी जो पनि ट्राफिक प्रहरीमा रिपोर्ट गर्न जान्छौं ।

प्रहरीलाई रिपोर्ट गरे पनि कतिपय मोटरसाइकल फेला पर्दैन् त कतिपय पर्छ । यसमा प्रहरीको कुनै कमजोरी छैन्, स्वयम् मोटरसाइकल धनीको कमजोरी हुन्छ ।

किनकि मोटरसाइकल धनीले आफ्नै हेलचक्र्याईंका कारण जथाभावी पार्किङ गर्ने, ह्यान्ड लक नगर्नेजस्ता कारणले मोटरसाइकल हराउने गर्दछ । त्यसैले अबदेखि होसियार !

अोखलढुंगामा सुख्खा पहिरो, मध्य पहाडी लोकमार्ग अबरुद्ध 

ओखलढुंगाको हर्कपुरमा आज बिहान सुख्खा पहिरो जाँद मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ। मध्य पहाडी लोकमार्गमा पर्ने सो क्षेत्रमा सडक अवरुद्ध भएपछि हजारौ यात्री अलपत्र परेका छन्।

बिहान ६ बजे गएको सुख्खा पहिरोमा एक ट्रयाक्टर परेको छ। सुख्खा पहिरो जाँदा खसेको ढुंगा लागेर ट्रयाक्टर चालक मिनकुमार सामान्य घाइते भएको हाम्रो संवाददाता सुदर्शन केसीले बताए। पहिरोको कारण सो लोकमार्ग भएर सोलुखुम्बु, ओखलढुंगा , खोटाङ जाने आउने सवारी साधनहरु अबरुद्ध भएका छन।

जेसिबी लगाएर ढुङ्गा तथा क्षति ग्रस्त ट्र्याक्टर हटाउने कार्य भैरहेको स्थानीय ट्राफिक प्रहरी पुर्ण बहादुर दर्जीले शिखरन्युजलाई बताए ।

अब्दुल रशीद सलीम खान बाट यसरी बने सलमान खान

आज बलिउड सुपरस्टार सलमान खानले आफ्नो ५२ औं जन्मदिन सेलिव्रेट गर्दैछन् । सलमानको जन्म इन्दौरको कल्याणमल नर्सिङ २७ डिसेम्बर १९६५ मा बिहान १० बजेर ४५ मिनेटमा भएको थियो ।

उनको वास्तविक नाम अब्दुल रशीद सलीम सलमान खान हो । सलमानलाई धेरैले प्रेम, सल्लू भाई, भाईजान, सुल्तान जस्ता उपनामले पुकार्ने गर्छन् । सलीम खान, सलमानका पिता हुन्, जो बलिउडका चर्चित स्क्रिप्ट राईटर समेत हुन् । उनको आमाको नाम सुशीला चरक हो ।

पूर्व अभिनेत्री हेलेन उनको सौतेली आमा हुन् । उनका दुई भाई छन् अरबाज खान र सोहिल खान, जो बलिउडका नाम चलेका कलाकार हुन् । यस्तै, सलमानका दुई बहिनी छन्, जसको नाम अलवीरा र अर्पिता हो ।

प्रचण्डले मान्लान् ओलीको यस्तो प्रस्ताव ?

वाम गठबन्धनलाई एकताको स्वरुप दिँदा संयुक्त नेतृत्वमा जाने हो या एकल नेतृत्वलाई सबैले अनुमोदन गर्ने हो भन्ने कुरा चर्चाको विषय बनेको छ ।

एमालेका कतिपय नेताले प्रचण्डलाई अध्यक्ष मान्न सकिने अभिव्यक्ति दिइसकेका छन् भने माओवादीले आफैले यसो गरौँ भन्न नसकिरहेको अवस्था छ । यसैबीच प्रचण्डलाई राष्ट्रपति दिने भन्ने विषय पनि उठेको आजको जनआस्था साप्ताहिकमा खबर छ ।

तर, उनी अहिले नै सेरेमोनियल भूमिकामा रमाउन सक्ने व्यक्ति होइनन् । के प्रचण्ड महासचिव महन भण्डारी कार्यकारी प्रमुख रहेको मानार्थ अध्यक्ष ‘मनमोहन’ बन्न तयार होलान् ? त्यो अपेक्षा राख्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?