सब्जीमण्डीको ठेक्काप्रति व्यवसायी आक्रोसित ः ठेक्का खारेज नगरे कडा आन्दोलन

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सब्जीमण्डीको ठेक्काप्रति व्यवसायी आक्रोसित ः ठेक्का खारेज नगरे कडा आन्दोलन

सारांश

  • असार २८, चितवन ।
  • चितवनको नारायणगढमा रहेको पुरानो सब्जीमण्डीको विषयमा भरतपुर महानगरपालिकाले ठेक्का आब्हान गरेपछि व्यवसायीहरु आक्रोसित भएका छन् ।
  • भरतपुर महानगरपालिकाले एकलौटी रुपमा टेण्डर आब्हान गरेको भन्दै व्यवसायीहरुले ठेक्का रद्ध गर्न भन्दै दवाव समेत शुरुगरेका छन् ।

असार २८, चितवन । चितवनको नारायणगढमा रहेको पुरानो सब्जीमण्डीको विषयमा भरतपुर महानगरपालिकाले ठेक्का आब्हान गरेपछि व्यवसायीहरु आक्रोसित भएका छन् । भरतपुर महानगरपालिकाले एकलौटी रुपमा टेण्डर आब्हान गरेको भन्दै व्यवसायीहरुले ठेक्का रद्ध गर्न भन्दै दवाव समेत शुरुगरेका छन् । फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनले मागलाई बेवास्ता गरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महानगरले करीव २० बर्ष अगाडी महानगरको स्वामित्वमा रहेको एकमात्र नारायणगढ बजारको फलफूल तथा तरकारी मण्डीलाई भाडामा दिदै आएको थियो । यही असार मसान्तसम्म सो सम्झौता सकिएकोपछि सहमतीमा अन्य प्रक्रिया लैजानुपर्नेमा एक्कासी टेन्डर प्रक्रियामा लगेपछि व्यवसायीहरुले आपत्ती जनाएका छन । संघले मंगलबार भरतपुर महानगरलाइ ज्ञापनपत्र बुझाउँदै ठेक्का रद्धको चेतावनी समेत दियो । यस्तै मंगलबार नै पत्रकार सम्मेलन मार्फत व्यवसायीहरुले विभिन्न माग राखेर असार ३० गतेसम्मका लागि अलिटमेटम दिएको छ ।

संघले यदि सर्बपक्षीय दलबाट समिति नबनाई टेण्डर आब्हान गरिएमा चरणबद्ध आन्दोलन गर्ने समेत घोषणा गरेको छ । मंगलबारदेखि असार ३१ गतेसम्म विभिन्न निकायमा ज्ञापन पत्र बुझाउने र मागमा कुनै सुनुवाई नगरे आन्दालन गर्ने संघका अध्यक्ष थिरप्रसाद धितालले बताए । अध्यक्ष धितालले ३ बर्षअघि तत्कालीन नगरपालिकाले बजार संचालक माथि हस्तक्षेप गरी ७५ प्रतिशत भाडाबृद्धि गरेको र त्यसको एकबर्ष नपुग्दै १४५ प्रतिशतसम्म भाडा बृद्धिगर्दासमेत संघले सहंँदै आएतापनि नयांँ आर्थिक बर्ष शुरुसंगै ठेकेदारी प्रथा अबलम्बन गरेर महानगरले चरम अन्याय गरेको दावी गरे ।

उनले यदि संघका जायज माग पुरा नभए आउंँदो साउन १ गतेबाट चरणबद्ध आन्दोलन गर्ने बताए । उनीहरुले तुरुन्त टेण्डर आब्हान खारेज गर्न, सर्बपक्षीय बजार संचालन गर्न, बृहद फलफूल तथा तरकारी थोक बजार निमार्ण एवं स्थानान्तर गर्ने कार्यदल गठन गरि थालनी गर्न, कृषि बजार ठेकेदारी प्रथाबाट संचालन गर्ने प्रथा बन्द गर्न र कृषि बजार उपभोक्ता , व्यवसायी र कृषकमैत्री बनाई नीति र प्रविधि सम्मत संचालन गर्न माग गरेका छन् ।

उद्योग वाणिज्य संघ, चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले चितवन कृषि क्षेत्रको हव हुदै आत्मनिर्भरको बाटोमा गइरहेका बेला महानगरले टेण्डर प्रक्रिया लाद्नु सरासर गलत भएको प्रतिकृया दिए। उनले यदी महानगरले सर्बपक्षीय संयन्त्रबाट बैठक बसी एकतर्फी रुपमा निर्णय गरे उद्योग बाणिज्य संघ, चितवन पनि चुप नलागी बस्ने जिकीर गरे ।

स्थानीय सरकारसंगै जनप्रतिनिधी निर्वाचीत भरहेका बेला आम व्यवसायीलाई असर पुग्नेगरी कृषि व्यवसायलाई स्थापित गर्नुृको सट्टा बिस्थापीत गर्न लागेकोमा आपत्ती प्रकट गरे। व्यवसायीहरुले चितवन कृषि , पर्यटन, शिक्षा एवं स्वास्थ्य क्षेत्रमा अग्रणी जिल्लाको रुपमा परिचित भइरहेको चर्चा गर्दै महानगरको निर्णयले कृषक तथा व्यवसायीलाई निरुत्साहित गर्ने काम भएको भन्दै असन्तुष्टी व्यक्त गरे । सो मण्डीमा ५७ वटा सटरहरु महानगरको स्वामित्वमा छन भने १०० भन्दा बढी सटर नीजि स्वामित्वमा संचालनमा छन ।

संघले हालसम्म प्रतिमहिना साँढे ६लाख भाडा बुझाउंदै आएको थियो । अव नयांँ टेण्डर प्रक्रियाबाट जांँदा भने प्रतिमहिना १२ लाख भाडा महानगरलाई बुझाउनुपर्नेछ ।

सूर्य प्रसाद अधिकारी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?