आज दशैंको सातौ दिन, घर–घरमा फूलपाती भित्राइदै
सारांश
- आश्विन शुक्ल सप्तमीका अवसरमा मंंगलबार देशभरका शक्तिपीठहरुमा फूलपाती भित्राइँदैछ ।
- १५ दिनसम्म मनाइने बडा दशैको खास चहलपलह र रौनकता फूलपाती देखि नै सुरु हुन्छ ।
- शास्त्रीय मान्यता अनुसार फूलपातीको विशिष्ट महत्व रहेको छ ।
आश्विन शुक्ल सप्तमीका अवसरमा मंंगलबार देशभरका शक्तिपीठहरुमा फूलपाती भित्राइँदैछ । १५ दिनसम्म मनाइने बडा दशैको खास चहलपलह र रौनकता फूलपाती देखि नै सुरु हुन्छ । शास्त्रीय मान्यता अनुसार फूलपातीको विशिष्ट महत्व रहेको छ । दशैका लागि पूजा सामाग्री स्वरुप फूलपाती भित्राउने काम बडा दशैको सातौ दिनमा गर्ने गरिन्छ । त्यसैले शक्तिपीठ तथा घर–घरमा बडा फूलपाती भित्राइँदैछ ।
फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्रयाउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ ।
आजैका दिन गोरखा दरबारबाट फूलपाती ल्याई हनुमानढोका दरबार परिसरमा पनि भित्राउने प्रचलन रहेको छ । टुँडिखेलमा फूलपातीकै अवसरमा हर्ष बढाई समेत गरिन्छ ।
प्रतिक्रिया