यौन हिंशाको आरोपमा मन्त्रीका सल्लाहकार पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १४, २०७६
|
|
१७ पटक हेरिएको
Shares
यौन हिंशाको आरोपमा मन्त्रीका सल्लाहकार पक्राउ

सारांश

  • काठमाडौँ – शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका सल्लाहकार पक्राउ परेका छन् ।
  • राज्यमन्त्री मानन्धरका आर्थिक सल्लाहकार ५२ वर्षे अमृतकुमार घलेले एक युवतीलाई बन्धक बनाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्रिएको हो ।
  • घलेलाई गत फागुन १ प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौँ – शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका सल्लाहकार पक्राउ परेका छन् । राज्यमन्त्री मानन्धरका आर्थिक सल्लाहकार ५२ वर्षे अमृतकुमार घलेले एक युवतीलाई बन्धक बनाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्रिएको हो । घलेलाई गत फागुन १ प्रहरीले पक्राउ गरेको थियो ।

चितवन स्थायी घर भएका घले काठमाडौँको टोखामा बस्दै आएका थिए । उनले सिन्धुली घर भएकी किशोरीलाई गएको माघ २७, २८ र २९ गते फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको अभियोग छ ।

किशोरीलाई फागुन १ गते उद्धार गरी सोही दिन घलेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

घलेलाई म्याद थप गरी अनुसन्धान भइरहेको र किशोरीलाई मनोवैज्ञानिक परामर्श गरी परिवारको जिम्मा लगाइएको डिएसपी बोगटीले जानकारी दिए।

घलेविरुद्ध अपहरण तथा शरीर बन्धक एवम् जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको उनले जानकारी दिए। घलेले आफू राज्यमन्त्री मान्नधरको सल्लाहकार रहेको भन्दै उम्किने प्रयास गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकियो
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकियो
प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड
प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड
नेकपा पछ्याउँदै बाबुराम र उपेन्द्र दुवै अध्यक्ष हुने
नेकपा पछ्याउँदै बाबुराम र उपेन्द्र दुवै अध्यक्ष हुने
चेङ्गिज खाँका डेढ करोड दरसन्तान संसारभर
चेङ्गिज खाँका डेढ करोड दरसन्तान संसारभर
टान निर्वाचन : लम्साल समूहद्वारा आज १२ः ३० बजे पत्रकार सम्मेलनको आयोजना
टान निर्वाचन : लम्साल समूहद्वारा आज १२ः ३० बजे पत्रकार सम्मेलनको आयोजना
गुरु अस्त हुँदा पशुपतिमा यज्ञ गर्न लागिएको भन्दै कथाव्यास समितिको आपत्ति
गुरु अस्त हुँदा पशुपतिमा यज्ञ गर्न लागिएको भन्दै कथाव्यास समितिको आपत्ति
नगर विकास समितिको जग्गा मिचेर अवैध संरचना निर्माण !
नगर विकास समितिको जग्गा मिचेर अवैध संरचना निर्माण !
भारतबाट आयातीत बिजुलीको भाउ बढेको बढ्यै, पावर एक्सचेञ्ज कमिटी निस्क्रिय
भारतबाट आयातीत बिजुलीको भाउ बढेको बढ्यै, पावर एक्सचेञ्ज कमिटी निस्क्रिय
भारतीय गाडीमा नेपाल प्रहरीको गस्ती  …
भारतीय गाडीमा नेपाल प्रहरीको गस्ती …

तपाईंले छुटाउनुभयो कि?