ला लिगा फुटबलमा ओसासुनालाई हराउँदै एथ्लेटिक बिलबाओ विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
ला लिगा फुटबलमा ओसासुनालाई हराउँदै एथ्लेटिक बिलबाओ विजयी

सारांश

  • एजेन्सी ।
  • स्पेनिस ला लिगा फुटबलमा ओसासुनालाई हराउँदै एथ्लेटिक बिलबाओ विजयी भएको छ।
  • हिजो बेलुका भएको खेलमा ओसासुनालाई २–१ गोल अन्तरले हराउँदै एथ्लेटिक बिलबाओ विजयी भएको हो ।

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा ओसासुनालाई हराउँदै एथ्लेटिक बिलबाओ विजयी भएको छ।

हिजो बेलुका भएको खेलमा ओसासुनालाई २–१ गोल अन्तरले हराउँदै एथ्लेटिक बिलबाओ विजयी भएको हो ।

खेलको २१ औं मिनेटमा एथ्लेटिकका विकी विलियम्सले सुरुआती गोल गरेका थिए । पहिलो हाफमा एक गोलले पछि परेको ओसासुनाले खेलको ७६ औं मिनेटमा गोल फर्काएर खेल बराबरीमा पुर्याएपनि एथ्लेटिकका अर्का खेलाडी कोनन कोद्रोले खेलको ७९ औं मिनेटमा दोस्रो गोल गरेपछि एथ्लेटिकले ला लिगामा स्पष्ट ३ अंक जोडेको छ ।

ला लिगामा आइतबारको खेल जितेसँगै एथ्लेटिक क्लब २३ अंकसहित पाँचौं स्थानमा पुगेको छ भने पराजित भएको ओसासुना १९ अंकसहित १२ औं स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?