एकैदिन नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्ता पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
एकैदिन नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्ता पक्राउ

सारांश

  • काठमाडौं, १४ भदौ ।
  • नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ११ जना कार्यकर्ता एकैदिन पक्राउ परेका छन् ।
  • प्रहरीले उनीहरुलाई सूर्योदय नगरपालिका– ५ स्थित सुम्फुङ गाउँबाट इलाम र झापाका ११ जना कार्यकर्तालाई पक्राउ गरेको हो ।

काठमाडौं, १४ भदौ । नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ११ जना कार्यकर्ता एकैदिन पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई सूर्योदय नगरपालिका– ५ स्थित सुम्फुङ गाउँबाट इलाम र झापाका ११ जना कार्यकर्तालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पक्राउ पर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी झापा इञ्चार्ज रहेका मोरङको मिक्लाजुङ गाउँपालिका–३ का सौगात भन्ने अर्जुन आचार्य, झापा सचिव दमक– २ का सुमन सिंह पौडेल र विद्यार्थी संगठनका केन्द्रीय सदस्य गौरीगञ्ज गाउँपालिका–१ का सञ्जय राईसहितका छन् ।

प्रहरीले दमक नगरपालिका– २ का विनोद कुमार राई, झापाको दमक नगरपालिका–७ का सन्तोष लिम्बु, झापा शिवसतासी नगरपालिका–११ का तारा थापा, झापा गाउँपालिका– २ का चमनलाल माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विर्तामोड नगरपालिका– ३ का चित्र विश्वकर्मा, शिवसतासी नगरपालिका–११ का सुरेन्द्र मिश्र, गौरीगञ्ज–१ का भीमकुमार सुब्बा र इलाम देउमाई नगरपालिका–८ का मोहन बहादुर बराल पक्राउ परेका जिप्रका इलामका एसपी माधव श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?