अन्तर्राष्ट्रिय गैससहरु स्थानीय सरकारको सहयोगी बन्नुपर्नेमा जोड

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
१८ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय गैससहरु स्थानीय सरकारको सहयोगी बन्नुपर्नेमा जोड

सारांश

  • काठमाडौं, १४ चैत ।
  • स्थानीय तहको विकास प्राथमिकताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन ।
  • एड्भेन्टिस्ट डेभलपमेन्ट एन्ड रिलिफ एजेन्सी—आड्रा नेपालले स्थापनाको ३० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले समुदायस्तरमा सबै निर्णय लिने अधिकार स्थानीय तहमा गइसकेकाले गैरसरकारी क्षेत्रबाट सञ्चालन गरिने विकासे कार्यक्रमहरु केन्द्रीय तहबाट निर्देशित नभई स्थानीय सरकारकै सहयोगी हुनुपर्नेमा जोड दिएका थिए ।

काठमाडौं, १४ चैत । स्थानीय तहको विकास प्राथमिकताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन ।

एड्भेन्टिस्ट डेभलपमेन्ट एन्ड रिलिफ एजेन्सी—आड्रा नेपालले स्थापनाको ३० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले समुदायस्तरमा सबै निर्णय लिने अधिकार स्थानीय तहमा गइसकेकाले गैरसरकारी क्षेत्रबाट सञ्चालन गरिने विकासे कार्यक्रमहरु केन्द्रीय तहबाट निर्देशित नभई स्थानीय सरकारकै सहयोगी हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमबा बोल्दै पूर्व सामान्य प्रशासन मन्त्री युवराज कार्कीले मुलुक अब राजनीतिक स्थिरताको बाटोतर्फ गएकाले अब मुलुकको प्राथमिकता विकास भएको र गैससहरुको भूमिका पनि थप फराकिलो भएको बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एशोशियसनका अध्यक्ष डा. शिवेसचन्द्र रेग्मीले आइएनजिओहरु सरकारकै सहयोगी अंग भएको र नेपाल सरकारको प्राथमिकताअनुसार नै उनीहरु चल्ने भएकाले सरकारको प्राथमिकताअनुसार नै नेपालका आइएनजिओहरु निर्देश हुने बताए ।

कार्यक्रममा मुख्य अतिथि आड्रा इन्टरनेशनलका अध्यक्ष जोनाथन डफीले विगत ३० वर्षदेखि आड्रालाई नेपालमा योगदान गर्ने अवसर दिएकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरे । आड्राको विश्वव्यापी सञ्जाल १३० भन्दा बढी देशमा रहेको छ । यसै सञ्जालअन्तर्गत सन् १९८७ मा आड्रा नेपालको स्थापना भएको हो । मानवीय सहायता र विकासका विभिन्न क्षेत्रमा आड्रा नेपालले काम गर्दै आएको र विशेषगरी विपन्न, महिला र विकासको पहुँच कम भएको समुदायलाई आफ्नो विभिन्न कार्यक्रमहरुबाट सहयोग गर्दै आइरहेको छ । हाल जीविकोपार्जन, स्वास्थ्य, शिक्षा र विपत जोखिम व्यवस्थापनलाई आड्रा नेपालले मुख्य क्षेत्र बनाएर नेपालका दुर्गम क्षेत्रहरुमा काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?