भोली उपनिर्वाचन, ५२ पदमा हुँदैछ प्रतिष्पर्धा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
२५ पटक हेरिएको
Shares
भोली उपनिर्वाचन, ५२ पदमा हुँदैछ प्रतिष्पर्धा

सारांश

  • भोलि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।
  • उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
  • शनिवार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

भोलि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । शनिवार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने ३७ जिल्लाका चार लाख ५४ हजार १ सय १४ जना मतदाताले चुनावमा भाग लिँदैछन् । एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ को (क), बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख) र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचको सबै तयारी सम्पन्न भएको बताएका छन् । मतदाताहरुले सहज रुपमा मतदान गर्न उचित वातावरण बनाइएको भन्दै ढुक्कसँग मतदान गर्न आग्रह गरेका छन् । वृद्धवृद्धा, अपांग गर्भवती महिला प्राथमिकतामा दिइएको छ । मतदाताहरुले मतदाता परिचयपत्र अनिवार्यहरुले लिएर जानुपर्ने छ । निर्वाचन आयोग शनिवार बिहान ७ बजेदेखि नै खुल्ला गरि आयोगका कर्मचारीहरु उपनिर्वाचनका लागि खटिने श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रचारप्रसारको अवधि १६ दिनको थियो भने स्थानीय तहका उम्मेदवारले प्रचारप्रसारका लागि १० दिन समय पाएका थिए । उपचुनावका लागि निर्वाचन आयोगले गत कात्तिक ८ देखि नै आचारसंहिता लागू गरेको थियो । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा कूल १०१ दलले भाग लिँदैछन् । प्रतिनिधि सभा र प्रदेश सभामा ९५ दलले र स्थानीय तहमा ७८ वटा दल चुनावी मैदानमा छन् । ती मध्ये १६ वटा नयाँ दल छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?