बौद्धमा लायन्स क्लब अफ नेपाल शेर्पाज र मिस एवम मिस्टर शेर्पाको रक्तदान, १७७ जना सहभागि

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २१, २०७६
|
|
२३ पटक हेरिएको
Shares
बौद्धमा लायन्स क्लब अफ नेपाल शेर्पाज र मिस एवम मिस्टर शेर्पाको रक्तदान, १७७ जना सहभागि

सारांश

  • मिस शेर्पा तथा मिस्टर शेर्पाका प्रतियोगि तथा विजयीलाई विभिन्न सामाजिक कार्यमा पनि सहभागि गराउने उद्देश्यले आयोजित रक्तदान कार्यक्रममा उल्लेख्य संख्यामा सहभागि भएका छन् ।
  • शनिबार काठमाडौँको बौद्धनाथ स्तुप परिसरमा रक्तदान कार्यक्रम आयोजना भएको थियो ।
  • लायन्स क्लब अफ नेपाल शेर्पाजसँगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा १ सय ७७ जना सहभागि भई रक्तदान तथा रक्तचाप जाँच गरे ।

मिस शेर्पा तथा मिस्टर शेर्पाका प्रतियोगि तथा विजयीलाई विभिन्न सामाजिक कार्यमा पनि सहभागि गराउने उद्देश्यले आयोजित रक्तदान कार्यक्रममा उल्लेख्य संख्यामा सहभागि भएका छन् । शनिबार काठमाडौँको बौद्धनाथ स्तुप परिसरमा रक्तदान कार्यक्रम आयोजना भएको थियो ।

लायन्स क्लब अफ नेपाल शेर्पाजसँगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा १ सय ७७ जना सहभागि भई रक्तदान तथा रक्तचाप जाँच गरे । कार्यक्रममा रक्तदान गर्न आउनेको संख्या अनुमान गरेभन्दा बढि भएको आयोजकको भनाई छ ।

कार्यक्रममा मिस्टर शेर्पा २०१८ का विजेता सोनाम जाङ्बु शेर्पा, सेकेण्ड रनर अप पासाङ शेर्पा, मिस शेर्पा २०१८ कि सेकेण्ड रनर अप ङिमा ल्हामु शेर्पा र मिस शेर्पा २०१७ की विजेता सोनाम डोल्मा शेर्पा, मिस शेर्पा २०१८ को फ्रेण्डसिप अवार्ड विजेता तेन्जिङ डोल्मा शेर्पा लगायत मिस शेर्पाको अघिल्लो संस्करणका सहभागि उपस्थित भई दिनभर स्वयमसेवकको रुपमा सेवा दिएका थिए ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए २ का पिडिजी मधुकर उपाध्याय, फर्स्ट भाइस गभर्नर सुशिला मल्ल, सेकेण्ड भाइस गभर्नर केशव पाण्डे, क्याबिनेट सेक्रेटरी दिनेश श्रेष्ठ लगायत सहभागि थिए । लायन्स क्लब अफ नेपाल शेर्पाजले स्थापनाको छोटो समयमै सामाजिक कार्यहरुमा अग्रसर भई सहभागिता जनाइरहेको भन्दै आगामी दिनमा पनि यस्तै गतिविधिमा सरिक रहन सुझाव दिए ।

रक्तदान कार्यक्रमका लागि शेर्पा फर चेञ्ज र डिजी बीले पनि सहकार्य गरेका थिए । डिजी बी कार्यक्रमको डिजिटल पार्टनरको रुपमा रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ वर्षमा ६ जना प्रधानमन्त्री भारत भ्रमणमा, नेपालको समस्या उस्तै
६ वर्षमा ६ जना प्रधानमन्त्री भारत भ्रमणमा, नेपालको समस्या उस्तै
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, ह्वात्तै बढ्यो एलपी ग्यासको मूल्य
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, ह्वात्तै बढ्यो एलपी ग्यासको मूल्य
सिरहा २ मा माओवादीका दास विजयी
सिरहा २ मा माओवादीका दास विजयी
मुख्यमन्त्री दाबी गरेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी
मुख्यमन्त्री दाबी गरेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी
उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन
उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन
मेरो उम्मेद्वारी विकास, परिवर्तन र दिगो पूर्वाधारका लागी हो : रजनी थापा (मेयर उम्मेदवार, टोखा)
मेरो उम्मेद्वारी विकास, परिवर्तन र दिगो पूर्वाधारका लागी हो : रजनी थापा (मेयर उम्मेदवार, टोखा)
पूर्व बाल लडाकुको यस्तो चेतावनी, ३ महिनाभित्र प्रचण्ड र बाबुरामलाई हेगमा उभ्याउँछौ
पूर्व बाल लडाकुको यस्तो चेतावनी, ३ महिनाभित्र प्रचण्ड र बाबुरामलाई हेगमा उभ्याउँछौ
सवारी दुर्घटनाबाट मृत्यु
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
हेर्नुहोस कहाँ कहाँ सुरु भैसक्यो मतगणना !
हेर्नुहोस कहाँ कहाँ सुरु भैसक्यो मतगणना !

तपाईंले छुटाउनुभयो कि?