त्रियुगा र चौदण्डीमा जङ्गली हात्तीको त्रास

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
२१ पटक हेरिएको
Shares
त्रियुगा र चौदण्डीमा जङ्गली हात्तीको त्रास

सारांश

  • उदयपुरको त्रियुगा नगरपालिका चौदण्डी नगरपालिकाका गाउँमा रातिको समयमा जङ्गली हात्ती गाउँमा प्रवेश गरेर उपद्रो गर्न थालेपछि यस क्षेत्रका स्थानीयवासी त्रसित बन्न थालेका छन् ।
  • त्रियुगा नगरपालिका–१ को जोगिदह, मोथ्याई र वडा नं २ का खैजनपुर क्षेत्रमा रातिको समयमा हात्ती गाउँमा प्रवेश गरेर घरको अन्न खाइदिने र धानबाली नष्ट गर्न थालेको खैजनपुरका सीताराम कार्कीले बताउनुभयो ।
  • स्थानीय श्री परियारको घर र गुणराज कार्कीको घरभित्रको बीस मुरीभन्दा बढी धानसमेत खाइदिएको र अन्य बगँैचामा समेत बिगार गरेको स्थानीयवासी गुणराज कार्कीले बताउनुभयो ।

उदयपुरको त्रियुगा नगरपालिका चौदण्डी नगरपालिकाका गाउँमा रातिको समयमा जङ्गली हात्ती गाउँमा प्रवेश गरेर उपद्रो गर्न थालेपछि यस क्षेत्रका स्थानीयवासी त्रसित बन्न थालेका छन् ।

त्रियुगा नगरपालिका–१ को जोगिदह, मोथ्याई र वडा नं २ का खैजनपुर क्षेत्रमा रातिको समयमा हात्ती गाउँमा प्रवेश गरेर घरको अन्न खाइदिने र धानबाली नष्ट गर्न थालेको खैजनपुरका सीताराम कार्कीले बताउनुभयो । स्थानीय श्री परियारको घर र गुणराज कार्कीको घरभित्रको बीस मुरीभन्दा बढी धानसमेत खाइदिएको र अन्य बगँैचामा समेत बिगार गरेको स्थानीयवासी गुणराज कार्कीले बताउनुभयो ।

जोगिदहमा पनि रातिको समयमा हात्ती प्रवेश गरेर गाउँघरको धानबाली नष्ट गर्ने र घरवरिपरिका बगँैचाहरु नष्ट गर्न थालेको जोगिदहका स्थानीयवासी भगेन्द्र चौधरीले बताउनुभयो ।
डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहले जङ्गली हात्तीहरु कोशीटप्पु संरक्षण क्षेत्रबाट प्रवेश गरेको हुन सक्ने जनाउँदै नियन्त्रणको पहल शुरु गरेकोे बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?