देउवाले पैसा खाएर परिवार नियोजन संघ विघटन गरे : अध्यक्ष सिजापति
सारांश
- काठमाडौं, १३ माघ ।
- नेपाल परिवार नियोजन संघकी केन्द्रीय अध्यक्ष अमुसिंह सिजापतिले जनमत गुमाइसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले पैसा खाएर नेपाल परिवार नियोजन संघको आफू नेतृत्वको वर्तमान कार्यसमिति विघटन गरेको आरोप लगाएकी छन् ।
- शनिबार अपरान्ह रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै सिजापतिले प्रधानमन्त्री देउवा र उनकी पत्नी डा.
काठमाडौं, १३ माघ । नेपाल परिवार नियोजन संघकी केन्द्रीय अध्यक्ष अमुसिंह सिजापतिले जनमत गुमाइसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले पैसा खाएर नेपाल परिवार नियोजन संघको आफू नेतृत्वको वर्तमान कार्यसमिति विघटन गरेको आरोप लगाएकी छन् ।
शनिबार अपरान्ह रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै सिजापतिले प्रधानमन्त्री देउवा र उनकी पत्नी डा. आरजु राणाले आर्थिक चलखेलमा विधान विपरीत वर्तमान कार्यसमिति भङ्ग गरेको आरोप लगाइन् । उनले भनिन्, “अन्तर्राष्ट्रिय मान्यता विपरीत र परिवार नियोजन संघको विधान विपरीत साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको व्यक्ति छत्रबहादुर गिरीको नेतृत्वमा तदर्थ समिति गठन गरिएको छ । यसमा ठूलो आर्थिक चलखेल भएको छ ।”
उनले आफूले प्रधानमन्त्री देउवा र उनकी पत्नीलाई नभेटेकोले आफूमाथि अन्याय गरिएको गुनासो पोखिन् । सिजापतिले थपिन्,“देउवाले पैसा खाएर परिवार नियोजन संघ विघटन गरेका हुन् ।”
Ashok Gahatraj
Kasko khaya h
Buddhipd Rai
देउताले पनि घुस खाने देश नेपालमा शेर बहादुरले घुस खाएछ हँ???
Jit Ghale
Manpardi nabol maiya jibro thutera faldela.
Bikash Khatri
Yeska logne swasni lai laj saram kehi narahexa swasni chailai jatapani commision ma usaiko nam kati vrastchar garna man lageko laj saram kehi rainaxa