राष्ट्रियसभा बैठक : अध्यादेश स्वीकृत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०८०
|
|
५३ पटक हेरिएको
Shares
राष्ट्रियसभा बैठक : अध्यादेश स्वीकृत

सारांश

  • काठमाडौं ।
  • राष्ट्रियसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ ।
  • राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गरेको सो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

काठमाडौं । राष्ट्रियसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गरेको सो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

विधेयक फिर्ता

सरकारले कोरोना महामारी नियन्त्रण गर्न ल्याएको ‘कोभिड¬–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८’ संसद्बाट फिर्ता लिएको छ ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतका तर्फबाट श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री भण्डारीले उक्त विधेयक फिर्ता लिने अनुमतिको प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावसभाको सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?