पूर्व राज्यमन्त्री साहको १९ करोड अवैध
सारांश
- विशेष अदालतले पूर्व राज्यमन्त्री सञ्जयकुमार साहलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरमा विहीबार दोषी ठहर गरेको छ।
- जनकपुर बमकाण्डमा दोषी साह जेलमै छन् ।
- अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले साहलाई जेल सजाय र जरिबानाको फैसला सुनाएको हो ।
विशेष अदालतले पूर्व राज्यमन्त्री सञ्जयकुमार साहलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरमा विहीबार दोषी ठहर गरेको छ। जनकपुर बमकाण्डमा दोषी साह जेलमै छन् । अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले साहलाई जेल सजाय र जरिबानाको फैसला सुनाएको हो ।
अदालतका प्रवक्ता पुष्पराज पाण्डेले साहलाई भ्रष्टाचार मुद्दामा चार वर्ष कैद, १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ जरिवाना र सोही बराबरको बिगो जफत हुने फैसला भएको जानकारी दिए। भ्रष्टाचारमा जेल र जरिवाना तोकिए पनि सम्पत्ति शुद्धीकरण मुद्दामा भने सजाय तोक्न बाँकी छ । अन्नपूर्ण पोष्ट्बाट
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया