चिनी मिलद्वारा उखुको मूल्य निर्धारण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १७, २०७६
|
|
२३ पटक हेरिएको
Shares
चिनी मिलद्वारा उखुको मूल्य निर्धारण

सारांश

  • बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली चिनी मिलले उखुको मूल्य निर्धारण गरेको छ ।
  • चिनी मिल सञ्चालक र उखु उत्पादक किसान हक हित संरक्षण समितिबीचको सहमतिमा उखुको मूल्य निर्धारण गरिएको हो ।
  • सहमतिअनुसार अर्लि जातको उखुको मूल्यप्रति क्वीन्टल रु ४४०, सामान्य उखुको मूल्यप्रति क्वीन्टल रु ४१६ र कमसल खालको उखुको मूल्यप्रति क्वीन्टल रु चार सय तोक्ने सहमति भएको चिनी मिलका अध्यक्ष राजेश्वर शाहले बताउनुभयो ।

बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली चिनी मिलले उखुको मूल्य निर्धारण गरेको छ । चिनी मिल सञ्चालक र उखु उत्पादक किसान हक हित संरक्षण समितिबीचको सहमतिमा उखुको मूल्य निर्धारण गरिएको हो ।

सहमतिअनुसार अर्लि जातको उखुको मूल्यप्रति क्वीन्टल रु ४४०, सामान्य उखुको मूल्यप्रति क्वीन्टल रु ४१६ र कमसल खालको उखुको मूल्यप्रति क्वीन्टल रु चार सय तोक्ने सहमति भएको चिनी मिलका अध्यक्ष राजेश्वर शाहले बताउनुभयो । चिनी मिलले आजदेखि उखु सङ्कलनसँगै तौल गर्ने कार्य समेत शुरु गरेको छ ।

मिलले किसानको उखुको तौल लिने काम कोडका आधारमा गर्ने जनाइएको छ । किसानलाई कोड र पर्चि नम्बर दिइने त्यसकै आधारमा किसानलाई मोबाइलमा म्यासेज पठाएर तौल लिने गरी व्यवस्था मिलाइको खबरदारी तथा पैरवी समिति बेलौरीका संयोजक हरेन्द्र विष्टले बताउनुभयो ।

उखु किसानले अनुदानको पूरै रकम भने पाउन सकेका छैनन् । उखु किसानसँग गरेको सहमति अनुसार रु ६५ प्रति क्वीन्टल दिने भनिए पनि किसानले मूल्यको ३० प्रतिशत मूल्य अझै पाएका छैनन् । किसानसँग गरेको सहमतिको रु २३ करोडको मूल्यमा हालसम्म सरकारले रु १६ करोड उपलब्ध गराए पनि अझै रु सात करोड तीन लाख दिन बाँकी रहेको संयोजक विष्टले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइइ प्रश्नपत्र चोरिएपछि २४सै घण्टा सीसीटीभी निगरानीमा
एसइइ प्रश्नपत्र चोरिएपछि २४सै घण्टा सीसीटीभी निगरानीमा
ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन, सरकार गठनको विवादबारे धारणा सार्वजनिक गर्ने
ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन, सरकार गठनको विवादबारे धारणा सार्वजनिक गर्ने
संशोधन प्रस्ताव पारित गर्न दिदैनौँ–वरिष्ठ नेता खनाल
संशोधन प्रस्ताव पारित गर्न दिदैनौँ–वरिष्ठ नेता खनाल
६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प,  १४ लाख कार्ड थाप्न बाँकी
६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, १४ लाख कार्ड थाप्न बाँकी
महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ : गृहमन्त्री
महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ : गृहमन्त्री
बेनी–जोमसोम–कोरला सडकखण्डको बेलीव्रिज जीर्ण
बेनी–जोमसोम–कोरला सडकखण्डको बेलीव्रिज जीर्ण
मन्त्री अधिकारी ‘नयाँ सोच राख्ने विकासवादी नेता’
मन्त्री अधिकारी ‘नयाँ सोच राख्ने विकासवादी नेता’
सिरहामा उम्मेद्वार छनोटको विषयलाई लिएर खुकुरी हानाहान
सिरहामा उम्मेद्वार छनोटको विषयलाई लिएर खुकुरी हानाहान
स्याउ बीमक किसानलाई क्षतिपूर्ति
स्याउ बीमक किसानलाई क्षतिपूर्ति
विराटनगर विमानस्थलमा बाढी, जहाजनै डुबानमा (हेर्नुहोस् ६ तस्बिरमा)
विराटनगर विमानस्थलमा बाढी, जहाजनै डुबानमा (हेर्नुहोस् ६ तस्बिरमा)

तपाईंले छुटाउनुभयो कि?