११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०८१
|
|
३७ पटक हेरिएको
Shares
११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

सारांश

  • काठमाडौं।
  • सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाएको छ।
  • मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका लगायतका ११ देशका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

काठमाडौं। सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका लगायतका ११ देशका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

यी देशमा कांग्रेस-माओवादी गठबन्धन सरकार रहेका बेला राजदूत नियुक्त भएका थिए।

फिर्ता हुनेमा भारतका शंकर शर्मा, अमेरिकाका श्रीधर खत्री, बेलायतका ज्ञानचन्द्र आचार्यसमेत छन्। सञ्चारमन्त्री रेखा शर्माका अनुसार अमेरिका, भारत, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूत फिर्ता बोलाउने निर्णय भएको हो।

फिर्ता बोलाउन लागेका राजदूतहरु अधिकांश कांग्रेस कोटाका राजदूत  छन्। यसैगरी सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुने भएका छन्।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रधानमन्त्रीको शपथग्रहण समारोहमा प्रधानमन्त्रीले सहभागिता जनाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। प्रधानमन्त्रीको भारत भ्रमणको टोलीको भने टुंगाे लाग्न बाँकी रहेको उनले बताइन्।
बैठकले हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम वलीलाई नियुक्त गरेको छ। त्यस्तै मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्सको नयाँ संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको प्रवक्ता शर्माले बताइन्।

बैठकले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने निर्णय गरेको छ भने लगानी सहजीकरण सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधयक संघीय संसदमा पेश गर्न स्वीकृती दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्।

त्यस्तै बैठकले ५२ वटा रोगहरुलाई संक्रामक रोगमा सूचिकृत गर्ने निर्णय गरेको छ। प्रवक्ता शर्माले केन्द्रको गठबन्धनमा नेपाल उन्मुक्ति पार्टी र जनमत पार्टी रहेकाले उनीहरुलाई सरकारमा समावेश गर्ने कुरा स्वभाविक रहेपछि अहिले कुन मन्त्रालयमा सहभागी गराउने भन्ने बिषयमा निर्णय भइनसकेको बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी सरकारको रिटमाथि आजवाट पूर्ण इजलासमा सुनवाइ हुने
कोशी सरकारको रिटमाथि आजवाट पूर्ण इजलासमा सुनवाइ हुने
नेपाल लाइफको बीमा शुल्क कनेन्ट आइपिएसबाट भुक्तानी गर्न सकिने
नेपाल लाइफको बीमा शुल्क कनेन्ट आइपिएसबाट भुक्तानी गर्न सकिने
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
राफल इस्टिच्युट अफ फेसन एण्ड आर्टको अडिसनको  अन्तिम इभेन्ट १५ सेप्टेम्बर २०१७ मा आयोजित हुनगइरहेको  छ ।
राफल इस्टिच्युट अफ फेसन एण्ड आर्टको अडिसनको अन्तिम इभेन्ट १५ सेप्टेम्बर २०१७ मा आयोजित हुनगइरहेको छ ।
निर्मला प्रकरण  : प्रमाणको सुरक्षा गर्नुपर्नेले यसरी हत्तपत्त मेटाएपछि…
निर्मला प्रकरण : प्रमाणको सुरक्षा गर्नुपर्नेले यसरी हत्तपत्त मेटाएपछि…
एउटै मञ्च बाट देउवा र दाहालले दिए एकअर्कालाई चुनौति !
एउटै मञ्च बाट देउवा र दाहालले दिए एकअर्कालाई चुनौति !
खाने तेल उद्योगको बदमासी : यी हुन लिटर मै ८ रुपैया बढाउने तेल उद्योग
खाने तेल उद्योगको बदमासी : यी हुन लिटर मै ८ रुपैया बढाउने तेल उद्योग
भौगोलिक जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई
भौगोलिक जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई