डोटेली भाषाको चलचित्र छायाङ्कन शुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २०, २०७६
|
|
१९ पटक हेरिएको
Shares
डोटेली भाषाको चलचित्र छायाङ्कन शुरु

सारांश

  • डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु भएको छ ।
  • सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको दिपायलबाट सो चलचित्रको छायाङ्कन शुरु भएको हो ।
  • सिएस फिल्मस् प्रालि धनगढीको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको निर्माता एवं अभिनेता विनोद बोहरा ‘बोगटानी किङ’ रहनुभएको छ ।

डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको दिपायलबाट सो चलचित्रको छायाङ्कन शुरु भएको हो । सिएस फिल्मस् प्रालि धनगढीको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको निर्माता एवं अभिनेता विनोद बोहरा ‘बोगटानी किङ’ रहनुभएको छ ।

त्यस्तै निर्देशकमा बाबु थिङ र कार्यकारी निर्माता राज पाठक रहनुभएको छ । चलचित्रमा अभिनेत्रीहरु एलिषा चाड र मनिषा चाडको अभिनय छ भने यादव गिरी, नरेन्द्र खड्का, तेजा ऐर, मीना सोब, सौगात ओझा, सुरेन्द्र सङ्गम लगायतका कलाकारहरुको सहभागिता रहेको छ ।

चलचित्रको नामकरण र कथावस्तु दिपायलकै सेरोफेरोमा आधारित रहेर तयार पारिएको निर्माता÷अभिनेता बोहराले जानकारी दिनुभयो । भगवान् श्रीरामका पूर्वज राजा दिलीपले पूजा गर्ने गाई ‘नन्दिनी’का नामबाट चलचित्रको नामकरण गरिएको उहाँले बताउनुभयो । परापूर्वकालमा राजा दिलीपले गोलोकबाट नन्दिनी गाई ल्याएर दिपायलमा तपस्या गरेको किंवदन्ती छ । सो गाईद्वारा नै दूधको धारा दिइरहेको ठाँउमा भेटिएको जोतिर्लिङ्गको पूजा, आराधना गरी तपस्या गर्दा राजा दिलीपले मुक्ति पाएको पौराणिक मान्यता रहेको छ ।

सोही ठाउँमा अहिले ‘दिल्पेश्वर मठ’ बनेको छ । यही मठको नामबाट दिपायलको नामकरण भएको मानिन्छ । मठमा अहिले सयौँ वर्ष पुरानो नन्दिनी गाईको सिङ र भगवान श्रीरामको ‘खराउ’ (चप्पल) सुरक्षित राखिएको छ । सोही नन्दिनी गाईको सिङलाई आधार बनाएर कथावस्तु तयार पारी चलचित्र निर्माण हुनलागेको निर्माता बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्रको कथा त्यसै सिङको वरिपरि घुमाएका छौँ, यहाँको ऐतिहासिक पक्षलाई ध्यान दिएर दिपायलको प्रचारप्रसार गर्नेछौँ ।” चलचित्रको ६० प्रतिशतभन्दा बढी छायाङ्कन दिपायल क्षेत्रमा गरिने जनाइएको छ । त्यसबाहेक, शैलेश्वरी मन्दिर, धनगढी, जोरायल र खप्तड क्षेत्रमा पनि छायाङ्कन हुने निर्देशक बाबु थिङले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान
महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान
‘रातो टीका निधारमा’गीत : नव–अभिनेतासंग कस्तो देखियो साम्राज्ञीको केमेष्ट्रि ?
‘रातो टीका निधारमा’गीत : नव–अभिनेतासंग कस्तो देखियो साम्राज्ञीको केमेष्ट्रि ?
पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष
पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष
चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का विजयी
चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का विजयी
मतपत्रको कुराले चुनाव प्रभावित पार्न खोजियो भने राम्रो हुँदैन – प्रचण्ड
मतपत्रको कुराले चुनाव प्रभावित पार्न खोजियो भने राम्रो हुँदैन – प्रचण्ड
भत्किएको बाँध भारतीयले तुरुन्तै बनाए, फेरि पानी फर्किन थाल्यो गौरतर्फ
भत्किएको बाँध भारतीयले तुरुन्तै बनाए, फेरि पानी फर्किन थाल्यो गौरतर्फ
शेरबहादुर देउवा र के.पी. शर्मा ओलीको चुनावी जुहारी
शेरबहादुर देउवा र के.पी. शर्मा ओलीको चुनावी जुहारी
दुई नदीमा १२ लाखकाे लागतमा तटबन्ध निर्माण !
दुई नदीमा १२ लाखकाे लागतमा तटबन्ध निर्माण !
नेपाल र कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान
नेपाल र कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान
कुलमान सहित सञ्चालक समितिका पूर्व पदाधिकारीलाई ९ अर्ब घोटलामा कारवाही गर्न लेखा समितिको सिफारिस
कुलमान सहित सञ्चालक समितिका पूर्व पदाधिकारीलाई ९ अर्ब घोटलामा कारवाही गर्न लेखा समितिको सिफारिस

तपाईंले छुटाउनुभयो कि?