नेपाल र कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०८०
|
|
४८ पटक हेरिएको
Shares
नेपाल र कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान

सारांश

  • काठमाडौँ ।
  • नेपाल र दक्षिण कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान भएको छ ।
  • टोखामा सञ्चालित एशिया प्यासिफिक स्कुल र द एशिया प्यासिफिक सोसाइटी कोरियाका विद्यार्थीबीच आज शैक्षिक तथा सांस्कृतिक आदानप्रदान भएको हो ।

काठमाडौँ । नेपाल र दक्षिण कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान भएको छ । टोखामा सञ्चालित एशिया प्यासिफिक स्कुल र द एशिया प्यासिफिक सोसाइटी कोरियाका विद्यार्थीबीच आज शैक्षिक तथा सांस्कृतिक आदानप्रदान भएको हो ।

सो अवसरमा टोखा नगरपालिका–६ की वडाअध्यक्ष शान्ता खनाल पौडेलले शैक्षिक र सांस्कृतिक आदानप्रदानले एक देशले अर्को देशलाई चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । “कुनै पनि देशलाई चिनाउनका लागि त्यहाँको कला, भाषा, सांस्कृतिक महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने ।

उनले शिक्षा र सांस्कृतिसँग सीप आदानप्रदान गरेर अगाडि बढ्नसमेत आग्रह गरे । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ ।

टोखा शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत खगेन्द्रसिंह धामीले शैक्षिक र सांस्कृतिक आदानप्रदान कार्यक्रम राखेर विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुगेको बताए । उनले विद्यालयको शिक्षालाई वैज्ञानिक पद्धतिमार्फत अगाडि बढाउनका लागि शिक्षा क्षेत्रमा नविनतम प्रयोग गरेको अगाडि बढाएको बताए । उनले नेपालको शिक्षा प्रणालीलाई विश्वको शिक्षामा प्रतिस्पर्धात्मक गर्नका लागि सरकारले काम गरिरहेको उल्लेख गरे ।

दक्षिण कोरियाको नाम्सोल विश्वविद्यालयका प्राध्यापक से जिन जुले सन् १९९४ मा स्थापना भएको द एशिया प्यासिफिक सोसाइटीले नेपालका विद्यार्थीसँग लामो समयदेखि राम्रो सम्बन्ध राख्दै नेपालका विभिन्न कार्यक्रममा भाग लिँदै आएको बताए । उनले मुलुकको विकासमा युवा विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

एशिया प्यासिफिक स्कुल तथा कलेजका प्राचार्य रमेश घिमिरेले कोरोना महामारीको समयमासमेत एशिया प्यासिफिक स्कुलले विभिन्न देशका विद्यार्थीसँग शैक्षिक तथा सांस्कृतिक आदानप्रदान गरेको स्मरण गरे । उनले आगामी दिनमा विभिन्न देशका विद्यार्थीसँग शैक्षिक सहकार्य गरेर अगाडि बढ्ने बताए ।

सो अवसरमा कोरियाको नाम्सोल विश्वविद्यालय र वाङ्क्वोङ विश्वविद्यालयका १८ विद्यार्थी र साउथ एशिया प्यासिफिक स्कुलका ५५ विद्यार्थीले शैक्षिक तथा सांस्कृतिक प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसी मोर्चाका नेताद्धारा उद्योगी न्यौपाने माथी गोली प्रहार…
मधेसी मोर्चाका नेताद्धारा उद्योगी न्यौपाने माथी गोली प्रहार…
घरेलु मैदानमा नेपाल पराजित
घरेलु मैदानमा नेपाल पराजित
उग्र बन्दै रोशनी शाही, भण्डाफोर गर्ने भन्दै मागिन प्रम ओली र प्रचण्डको राजीनामा
उग्र बन्दै रोशनी शाही, भण्डाफोर गर्ने भन्दै मागिन प्रम ओली र प्रचण्डको राजीनामा
तारा एयरका दुई क्याप्टेनबीच मन्थली विमानस्थलमा झगडा, प्रहरीमा उजुरी
तारा एयरका दुई क्याप्टेनबीच मन्थली विमानस्थलमा झगडा, प्रहरीमा उजुरी
नेइमार बार्सिलोना जान्छन् कि रियल मड्रिड ? मेस्सी बन्नेछन् निर्णायक
नेइमार बार्सिलोना जान्छन् कि रियल मड्रिड ? मेस्सी बन्नेछन् निर्णायक
बूढानीलकण्ठ नगरलाई दोब्बर हरियाली बनाइने  नगरप्रमुख: उद्धवप्रसाद खरेल
बूढानीलकण्ठ नगरलाई दोब्बर हरियाली बनाइने नगरप्रमुख: उद्धवप्रसाद खरेल
Latina Dating Website & Latina Singles
चेपाङको गुनासो: न उम्मेदवार आए, न भोट हाल्न सिकाए
चेपाङको गुनासो: न उम्मेदवार आए, न भोट हाल्न सिकाए
सातै प्रदेशका मन्त्रीसँग अन्तक्र्रिया गरिने
सातै प्रदेशका मन्त्रीसँग अन्तक्र्रिया गरिने
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा