छाडा गाईलाई व्यवस्थापन गर्न गौशाला निर्माण हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
छाडा गाईलाई व्यवस्थापन गर्न गौशाला निर्माण हुँदै

सारांश

  • पाल्पाको रामपुर नगरपालिकामा निर्माणाधीन गौशालाको ५० प्रतिशत काम सकिएको छ ।
  • नगरपालिकाले वडा नं ६ स्थित तातोपानीघाटमा गौ संरक्षण गर्ने उद्देश्यले गौशाला निर्माणकार्य अगाडि बढाएको थियो ।
  • गतवर्षको लक्ष्मीपूजाका दिन निर्माण सकेर गाई राख्ने लक्ष्य रहे पनि पर्याप्त बजेट नहँुदा निर्माणकार्य लम्बिएको हो ।

पाल्पाको रामपुर नगरपालिकामा निर्माणाधीन गौशालाको ५० प्रतिशत काम सकिएको छ । नगरपालिकाले वडा नं ६ स्थित तातोपानीघाटमा गौ संरक्षण गर्ने उद्देश्यले गौशाला निर्माणकार्य अगाडि बढाएको थियो ।
गतवर्षको लक्ष्मीपूजाका दिन निर्माण सकेर गाई राख्ने लक्ष्य रहे पनि पर्याप्त बजेट नहँुदा निर्माणकार्य लम्बिएको हो । चालु आवमा गौशाला निर्माण गर्न नगरपालिकाले रु २० लाख रकम विनियोजन गरेको छ ।
नगरपालिकाबाट प्राप्त रकमले निर्माणकार्य सम्पन्न गर्न अपुग भएपछि महायज्ञ गर्न लागिएको नगर प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । माघको दोस्रो हप्ता हुने श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञका लागि प्रवक्ता न्यौपाने अध्यक्ष रहनुभएको एक हजार एक श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञ मूल आयोजक समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा थानेश्वर अधिकारी र पिताम्वर भण्डारी, सचिवमा वासुदेव ढकाल, कोषाध्यक्षमा चण्डिप्रसाद खनाल रहनुभएको छ । महायज्ञ अवधिभर रु ५० लाख रकम दान सङ्कलन गर्ने लक्ष्य रहेको छ । गौशालामा गाई बाँधेर मात्र गौशाला परिसरमै महायज्ञ गरिने भएको छ । गौ संरक्षण गर्न र रामपुर नगरपालिकालाई धार्मिक नगरी क्षेत्रका रूपमा चिनाउन, यत्रतत्र रामपुरमा छाडा छाडिएका गाईलाई व्यवस्थापन गर्न गौशाला निर्माण कार्य सुरुआत गरिएको हो
अहिले गौशालाको चारैतिरको भाग घेराबार गर्ने काम सम्पन्न भइसकेको छ । भुइँ ढलानको काम चलिरहेको छ । यहाँ करीब २०० देखि २५० सम्म गाई अट्ने क्षमताको गौशाला निर्माण भइरहेको निर्माण समितिका अध्यक्ष ओमप्रकाश रेग्मीले बताउनुभयो । ट्रष्ट राख्ने, गोठको भकारो निर्माण, गेट निर्माण, पर्खालको प्लाष्टर, घाँसपात खाने ठाउँको व्यवस्थापन गर्ने काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
छाडा छाडिएका गाई रामपुर नगरपालिका वडा नं ६ को कार्यालय परिसरमा अस्थायी टहरा बनाएर राखिएको छ । गत साउनदेखि नगरपालिकाले दुई हेरालुलाई तलब दिएर रेखदेखको जिम्मा दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनुमन्ते सफाइ अभियानमा १०१ टन फोहोर संकलन
हनुमन्ते सफाइ अभियानमा १०१ टन फोहोर संकलन
कसले बिर्सियो कांग्रेसको स्थापना दिवस!
कसले बिर्सियो कांग्रेसको स्थापना दिवस!
Steps to make a Guy Locate a Female in another way
‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ,’: प्रधानमन्त्री केपी शर्मा ओली
पोखराको दुई छुट्टाछुट्टै स्थानमा बम फेला
पोखराको दुई छुट्टाछुट्टै स्थानमा बम फेला
जाजरकोट भूकम्पः मृतक एक सय ५७ जनाको शव परिवारलाई बुझाइयो, नौ सय १० घर पूर्ण क्षति
जाजरकोट भूकम्पः मृतक एक सय ५७ जनाको शव परिवारलाई बुझाइयो, नौ सय १० घर पूर्ण क्षति
खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था
खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
Salman Khan and Shah Rukh Khan wish Eid Mubarak to their fans, watch
Salman Khan and Shah Rukh Khan wish Eid Mubarak to their fans, watch
वर्षाका कारण राधे राधे र सल्लाघारी क्षेत्र डुबानमा !
वर्षाका कारण राधे राधे र सल्लाघारी क्षेत्र डुबानमा !

तपाईंले छुटाउनुभयो कि?