युवा संघबाट बिदाई गरिएकालाई जिम्मेवारी दिन आग्रह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १, २०७६
|
|
२३ पटक हेरिएको
Shares
युवा संघबाट बिदाई गरिएकालाई जिम्मेवारी दिन आग्रह

सारांश

  • पार्टी एकतासँगै तत्कालिन युवा संघ नेपाल र वाइ.
  • सी.
  • एल.

पार्टी एकतासँगै तत्कालिन युवा संघ नेपाल र वाइ.सी.एल. नेपाल बीच पनि एकता प्रक्रियालाई सहज बनाउन विभिन्न मापदण्ड बनाई बिदाई दिएका युवा संघका केन्द्रीय सदस्यहरुलाई उचित जिम्मेवारी दिन आग्रह गरिएको छ । युवा आन्दोलनमा लामो इतिहास बनाएका र सक्रिय भएका युवा संघका केन्द्रीय सदस्यहरुले एकता प्रक्रिया सहज बनाउन उल्लेख्य भूमिका खेलेको स्मरण गर्दै तत्कालिन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष तथा हालका राष्ट्रिय युवा संघ नेपालका सह संयोजक रमेश पौडेलले उनीहरुलाई उचित स्थान दिन आग्रह गरेका छन् ।

तत्कालिन केन्द्रीय सदस्यहरुलाई उनीहरुको क्षमता अनुसार उचित स्थान र जिम्मेवारी दिन आग्रह गर्दै मंगलबार नेकपाका महासचिव समक्ष ज्ञापन पत्र बुझाईएको तत्कालिन युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष अमित लामाले जानकारी दिए । ज्ञापन पत्र बुझ्दै महासचिव पौडेलले सबैलाई उचित जिम्मेवारी दिन आफुले पार्टीमा छलफल चलाउने प्रतिद्धता जनाएको लामाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?