अर्थमन्त्री खतिवडाले विदाइ गरे पाकिस्तानी प्रधानमन्त्रीलार्इ
सारांश
- काठमाडाै,२२ फागुन ।
- नेपालको दुइ दिने भ्रमण पूरा गरी पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी स्वदेश फर्किएका छन्।
- अर्थमन्त्री डा युवराज खतिवडाले उनलाइ त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरे।
काठमाडाै,२२ फागुन । नेपालको दुइ दिने भ्रमण पूरा गरी पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी स्वदेश फर्किएका छन्।
अर्थमन्त्री डा युवराज खतिवडाले उनलाइ त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरे। ३० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी सोमबार अपरान्ह काठमाडौं उत्रिएका थिए।
मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच नेपाल र पाकिस्तानको सम्बन्ध तथा आपसी हित र चासोका विविध विषयमा आज विचारविमर्श भएको छ।
विश्वका कतिपय मुलुकमा भएका द्वन्द्व र हिंसात्मक घटनाले अमूल्य मानवीय जीवनलाई पीडा दिइरहेको छ, अब यस्ता हिंसात्मक घटना अन्त्य हुनुपर्छु, राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै स्वकीय सचिव अधिकारीले भने।
सो अवसरमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाल र पाकिस्तानबीचको सम्बन्ध राजनीतिक तहमा मात्र नभई जनस्तरमा समेत निकै अनुपम र उदाहरणीय रहेको बताए। उनले पाकिस्तानले नेपाललाई चिकित्सा शिक्षाका लागि दिँदै आएको छात्रवृत्ति संख्यामा वृद्धि गर्ने जानकारी दिए।
दुई देशबीचको समस्याले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०का गतिविधि र प्रक्रिया प्रभावित हुन नहुनेमा जोड दिँदै पाकिस्तानी प्रधानमन्त्रीले आगामी दिनमा सार्कको भूमिकालाई सशक्त तुल्याउन आवश्यक रहेको धारणा व्यक्त गरे।
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि उनलाई शुभकामना दिने सिलसिलामा पाकिस्तानका प्रधानमन्त्री अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणको सिलसिलामा सोमबार नेपाल आएका हुन्।
भेटका अवसरमा अर्थमन्त्री डा।युवराज खतिवडा, राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा मदन भट्टराई, राजनीतिक सल्लाहकार सुबोध प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी तथा पाकिस्तानका प्रधानमन्त्री अब्बासीको भ्रमण दलका सदस्य पनि सहभागी थिए।
पाक प्रधानमन्त्रीले मंगलबार बिहान पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए। उनको सम्मानमा प्रधानमन्त्री ओलीले सोमबार साँझ रात्रिभोजको आयोजना गरेका थिए।
प्रतिक्रिया